आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेसद्धारा २० लाखसम्मका ऋणीलाई ३ महिनाको ब्याज मिनाहा गर्न सरकारसंगआग्रह

AuthorAP Khabar२०७६ चैत्र १४, शुक्रबार (४ साल अघि) ३१२ पाठक संख्या

काठमाडौं : नेपाली कांग्रेसले २० लाखसम्म ऋण लिएका साना व्यवसायीलाई कम्तीमा ३ महिनाको ब्याज पुरै मिनाहा गर्न सरकारसंग माग गरेको छ । नेपाल कांग्रेसका सभापती शेरबहादुर देउवाले विश्व ब्यापी रुपमा फैलिएको यस महामारीबाट लक डाउनमा परेका नेपालीहरुको २० लाखसम्म ऋण लिएका साना व्यवसायीलाई कम्तीमा ३ महिनाको ब्याज पुरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिकालागि ब्याजदर घटाउन पनि माग गरेको छ । ठूला व्यवसायीको ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधि कम्तीमा ३ महिनापछि सार्ने प्रबन्ध मिलाउन सरकारसमक्ष अपील गरेको छ ।

कांग्रेस सभापति देउवाले शुक्रबार विज्ञप्ति जारी गरी दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकका लागि तत्काल राहत प्याकेज ल्याउन सरकारलाई सुझाव दिदै दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुर्याएकोले उनीहरुलाई सरकारले तोकेको न्यूनतम ज्यालादरमा कम नहुने गरी राहत प्याकेज घोषणा गर्न आग्रह गर्नुभएको हो ।

त्यस्तै न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानी लगायत शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम निर्माण गर्न पनि देउवाले माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस