आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुबई–दिल्ली हुँदै काठमाडौं आएका चौथो कोरोना संक्रमित बुद्ध एयरबाट धनगढी पुगेको खुलासा

AuthorAP Khabar२०७६ चैत्र १५, शनिबार (४ साल अघि) ३११ पाठक संख्या

चैत १५ धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा उपचारारत रहेका चौथो कोरोनाभाइरस (कोभिड–१९) संक्रमित ३४ वर्षीय नेपाली युवा दुबईबाट दिल्ली हुँदै नेपाल आएको रहस्य खुलेको छ ।

चैत ६ गते फ्लाईट ईमरेट्सको ईके ०१५० नम्बरको उडानबाट दुबईबाट दिल्ली आएका उनी ७ गते शुक्रबार काठमाडौं आएका थिए ।

काठमाडौंबाट धनगढीको सोझो टिकट नपाएपछि उनले विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट काटेका थिए ।

दिउँसो १२ बजेको बुद्ध एयरको नियमित उडानबाट नेपालगञ्ज झरेका उनी त्यहाँबाट माईक्रोबस चढेर धनगढी आएको बताइएको छ ।

धनगढी पुगेका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्य मन्त्रालयले आज (शुक्रबार) पत्रकार सम्मेलन गरि उनी कोरोना संक्रमण भएको पुष्टी गरेको हो । हाल उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण देखिएको थियो । साथै १ जना उपचारपछि निको भएका छन् भने २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल काठमाडौंआ उपचारारत छन् ।

प्रतिक्रिया दिनुहोस