आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इटलीमा एकैदिन ९१९ जनाको मृत्यु

AuthorAP Khabar२०७६ चैत्र १५, शनिबार (४ साल अघि) ३५५ पाठक संख्या

चैत १५ एजेन्सी : कोरोना भाइरसको संक्रमणबाट युरोपेली मुलुक इटली र स्पेनमा एकैदिन करिब १५ सय जनाको मृत्यु भएको छ ।

वल्ड्रोमिटरले जारी गरेको तथ्याँकअनुसार इटालीमा ९ सय १९ जनाको मृत्यु भएको छ भने स्पेनमा ५ सय ६९ जनाको मृत्यु भएको छ ।

तथ्याँकअनुसार इटालीमा संक्रमित हुनेहरुको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ भने स्पेनमा ६४ हजार ५९ पुगेको छ । इटालीमा शुक्रबार मात्रै ५ हजार ९ सय ९ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।

त्यस्तै स्पेनमा ६ हजार २ सय ७३ नयाँ संक्रमित पुष्टि भएका छन् ।

प्रतिक्रिया दिनुहोस