आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यसपालिको चैते छठ घरमै मनाउने, बजारमा भिडभाड हुन नदिन बजार अनुगमन

AuthorAP Khabar२०७६ चैत्र १५, शनिबार (४ साल अघि) २९७ पाठक संख्या

एपी खबर
जीतपुर : चैते छठ पर्वको अवसरमा बजारमा हुने भिडभाडलाई कम गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ ले बजार अनुगमनलाई तिब्रता दिएको छ । शनिवारबाट शुरु भएको चैते छठ पर्वको किनमेल गर्न बजारमा ब्रतालुहरुको भिडभाड बढ्न सक्ने संभावना देखेपछि ईलाका प्रहरी काार्यालय जीतपुर र सशस्त्रप्रहरी बल जीतपुरको सहयोगमा वडा कार्यालयले जील्लकै प्रमुख ब्यापारीक केन्द्र जीतपुर बजारको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा भिडभाड भएको पसलहरुलाई बन्द गर्न लगाएइको र प्रत्येक दिन बजारका फरक फरक स्थानमा रहेको ७ ओटा किराना पसललाई संचालन गर्ने निर्णय गरीएकाो वडा अध्यक्ष रामबाबु गुप्ताले जानकारी दिनुभयो ।

उहाँले बजारमा रहेका प्रत्येक किराना ब्यवसायीलाई फरक फरक दिन पर्ने गरि पसल खोल्ने र कम्तीमा एक मिटरको फरकमा घेरा बनाएर किनमेल गर्ने नियम बनाएको र त्यही अनुसार काम भैरहेको जानकारी दिनुभयो ।

तराईमा शनिवारबाट छठ पर्व शुरु भएको छ । शनिवार पहिलो दिन नुहाएर खाने, आईतवार खरना, सोमबार सझिया घाट र मंगलबार बिनहिया घाटमा उदाउदो सुर्यलाई अर्घ दिएर यो पर्व समापन गरिने छ ।

देशमा भएको लक डाउनका कारण यो पर्व यस वर्ष सबैले आआफ्नो घरमा नै गर्ने भएका छन् । अघिलो वर्षमा यो पर्व गाउँको छेउमा रहेको नदि, पोखरी र जलासयको किनारमा सामुहिक रुपमा मनाउने चलन रहिआएको छ । यस वर्ष छठ पर्वलाई सामुहिक रुपमा नमानाउन स्थानिय प्रशासनले समेत रोक लगाएको छ ।

यता देशको राजधानि सहित बिभिन्न स्थाानबाट घर जान पैदल यात्रा गरीरहेका यात्रीलाई जीतपुरका स्थानियले सक्दो खाना दिएर सहयोग गरेका छन् । काठमान्डौँ, पोखरा लगाएत स्थानबाट बारा, पर्सा र भारत घर जान आए पैदल यात्रीहरु भेक भोकै भएकोले आफुहरुले खाने पानी र चाउ चाउ खान दिएको जीतपुरका स्थानिय ब्यवसायी संतोष गुप्ताले जानकारी दिनुभयो ।

विश्वभरि महामारीको फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण कम गर्न राज्यले लगाएको लक डाउनमा स्थानियलाई घर बाहिर जान नदिन घर घर मै खाद्यान्न समाग्री पुयाउनुका साथै जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस