आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यी दुई कोरोना संक्रमित युवती एउटै विमानमा नेपाल आएका थिए

AuthorAP Khabar२०७६ चैत्र १५, शनिबार (४ साल अघि) २७१ पाठक संख्या

चैत १५ काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) नेपालमा पनि फैलिन थालेको छ । हालसम्म नेपालमा पाँच जनामा कोरोनाभाइरसबाट संक्रमित भइरहेका छन् ।

आज (शनिबार) बागलुङकी २२ वर्षीया युवतीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । त्यसोत नेपालमा कोरोना संक्रमण भएका दोस्रो र पाँचौ किशोरी एकै विमानबाट नेपाल आएका थिए ।

उनीहरु दुबै जना चैत ४ गते (मार्च) फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएको कतार एयरवेजको क्यू आर ६५२ उडानबाट नेपाल आएका थिए ।

स्वास्थ्य मन्त्रालयले सोही विमानमा नेपाल आएकी काठमाडौंकी १९ वर्षीया युवती कोरोना संक्रमण भएको चैत १० गते घोषणा गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीमा कोरोना संक्रमण देखिएपछि उनी चैत ७ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगेकी थिइन् ।

१० गते उनको कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएको थियो । यो नेपालमा भेटिएको दोस्रो स्रंक्रमण थियो ।

त्यसलगत्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरिय कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण समितिको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म एक हप्ताका लागि नेपाललाई लकडाउन घोषणा गरेको थियो ।

नेपाल लकडाउन भए यता ३ जनालाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।

हिजो धनगढीमा ३४ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी दुबईबाट दिल्ली हुँदै नेपाल आएका थिए । उनको हाल सेती प्रादेशित अस्पतालमा उपचार भइहरको छ ।

प्रतिक्रिया दिनुहोस