कोरोना भाइरसको कारण स्पेनकी राजकुमारीको निधन

प्रवास समाचार स्वास्थ्य/शिक्षा

चैत १६ एजेन्सी : कोरोना भाइरसको कारण स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ।

कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन्।

यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ।

स्पेनमा गत २४ घण्टाभित्र ८४४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ७३ हजार २३५ संक्रमित भइसकेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *