आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इरानमा कोरोना निको पार्न भन्दै मेथानोल पिउने ३०० जनाको मृत्यु

AuthorAP Khabar२०७६ चैत्र १६, आईतबार (४ साल अघि) ३९२ पाठक संख्या

चैत १६ एजेन्सी : प्लास्टिकको डायपर मात्र लगाएका पाँच वर्षीय एक बालकलाई ट्युब लगाइएको छ र उनको शरीर चलमलाएको छैन । हाज्मात सुट र मास्क लगाएर उनी नजिक उभिएकी एक स्वास्थ्यकर्मी मानिसहरूलाई अनुरोध गरिरहेकी छन् : कोरोनाभाइरसको डरले मेथानोल नामक अल्कोहल पिउन छोड्नुस् ।

ती बालकलाई उनका मातापिताले भाइरसबाट सुरक्षा दिन्छ कि भनी विषाक्त मेथानोल दिएपछि उनको दृष्टि गुमेको छ । इरानमा कोरोना फैलिएपछि सयौं मानिसले मेथानोल पिएर ज्यान गुमाएका छन् ।

इरानी सञ्चारमाध्यममा आएका खबरअनुसार, मेथानोल पिएपछि ३०० भन्दा बढी मानिस मारिएका भने हजारजना बिरामी भएका छन् । इस्लामिक गणतन्त्र इरानमा अल्कोहल पिउन प्रतिबन्ध लगाइएको छ र पिउनेहरू लुकीलुकी कमसल रक्सी पिउँछन् ।

इरानको सामाजिक सञ्जालमा कोरोनाको उपचार भन्दै अनेकथरी झूटा औषधिहरू चर्चा चल्ने गरेको छ । कोरोना फैलिएपछि पनि सरकारले शुरूमा बेवास्ता गरेको भन्दै इरानीहरू सरकारप्रति आक्रोशित छन् ।

‘भाइरस फैलिरहेको छ र मानिसहरू फ्याटफ्याट मरिरहेका छन् । अरू खतरा पनि छन् भन्ने कुरामा उनीहरू खासै सचेत छैनन् जस्तो लाग्छ,’ ओस्लोमा क्लिनिकल टक्सिकोलोजिस्ट रहेका डा नट एरिक होव्दा बताउँछन् ।

उनी मेथानोलबाट लाग्ने विषयको अध्ययन गर्छन् र उनलाई इरानमा देखिएको संक्रमण बताइएभन्दा बढी भएको जस्तो लाग्छ ।

‘उनीहरूले मेथानोल पिइरहेमा थप मानिसलाई विष लाग्छ ।’

कोभिड–१९ को कुनै पनि खोप वा औषधि विकसित भइसकेको छैन । वैज्ञानिक र चिकित्सकहरूले भाइरसको अध्ययन गरिरहेका छन् र प्रभावकारी औषधि र खोप विकसित गरिरहेका छन् ।

तर इरानको सामाजिक सञ्जालमा ह्विस्की र मह पिएर बेलायतमा एक शिक्षकले अनि अरूले कोरोनाबाट मुक्ति पाएको भन्ने झूटो खबर भाइरल भयो ।

अल्कोहल भएका ह्यान्ड स्यानिटाइजरको उपयोगका सम्बन्धमा दिइने सन्देश पनि स्पष्ट थिएनन् ।

केही मानिसले उच्च मात्रामा अल्कोहल पिएमा शरीरको भाइरस मर्ने भनी झूटो कुरामा विश्वास गरे ।

प्रतिक्रिया दिनुहोस