आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३५ सय लिटर घरेलु मदिरा नष्ट

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ४२६ पाठक संख्या

महोत्तरी  , पुष १० : महोत्तरी औरहीमा रहेको उखुवारीमा सञ्चालित रक्सी–जाँडको भट्टीसहित रक्सी–जाँड बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको छ ।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीको टोलीले औरही नगरपालिका १ मा रहेको उखुबारीमा निर्मित रक्सी–जाँड बनाउनको निर्माण गरिएको भट्टी र त्यहाँ राखिएको रक्सी–जाँडजन्य पदार्थ नष्ट गरिएको हो ।

प्रहरीले स्थानीय दशै खत्वेको उखुवारीबाट ३५ सय लिटर रक्सी–जाँड बनाउनका लागि प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले दिएको जानकारी अनुसार उखुबारीमा रहेको ४२ वटा ड्रममा राखिएको ३५ सय लिटर बराबरको रक्सी–जाँडजन्य कच्चा पदार्थ घटनास्थलमै नष्ट गरिएको हो ।

त्यस्तै खाली ड्रम प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

उज्यालोबाट

प्रतिक्रिया दिनुहोस