आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लकडाउन’ लम्ब्याउने तयारीमा सरकार

AuthorAP Khabar२०७६ चैत्र १६, आईतबार (४ साल अघि) २०३ पाठक संख्या

चैत १६ काठमाडौं : कोरोनाभाइरसको (कोभिड–१९ )को रोकथाम र नियन्त्रका लागि थप निर्णय लिन आज (आइतबार) मन्त्रिपरिषदको बेठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । सरकारले लकडाउन थप लम्ब्याउने तयारी गरेको छ ।

चैत ११ गतेदेखि १८ गतेसम्म लागू गरेको ‘लकडाउन’ थप एक हप्ता लम्ब्याउने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । यो लकडाउन चैत १८ गते विहान ६ बजेसम्म कायम रहनेछ ।

कोरोनाभाइरसको संक्रमण मुलुकमा थप फैलन नदिने एउटा मात्र विकल्प जनतालाई घर भित्रै राख्नुपर्ने भएकाले लकडाउनको अवधि थप्न लागिएको एक मन्त्रीले बताए ।

चैत १० गते काठमाडौंमा दोस्रो कोरोना संक्रमित व्यक्ति फेला परेलगत्तै बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक देशै लकडाउन गर्ने निर्णय गरेको थियो ।

तर, देश नै लकडाउन हुँदा पनि काठमाडौं उपत्यकासहित धनगढी र बागलुङमा पनि कोरोना संक्रमित व्यक्ति फेला परेपछि सरकारले यस्तो निर्णय गर्न लागेको हो ।

यसका साथै लकडाउनको अवधि लम्बिदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको जनाइएको छ ।

हालसम्म नेपालमा पाँच जनामा कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । ती मध्ये एक जना उपचारपछि निको भएका छन् भने अन्य चारको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस