आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगन्जको मुख्य तरकारी बजार बन्द, बजार व्यवस्थापनको नाममा प्रहरीले कालाबजारी गर्न खोजेको मेयरको आरोप

AuthorAP Khabar२०७६ चैत्र १६, आईतबार (४ साल अघि) २८२ पाठक संख्या

चैत १६ वीरगन्ज : कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई रोक्न सरकारले लागू गरेको ‘लकडाउन’ को पालना हुन नसकेको बहाना बनाउँदै स्थानीय प्रशासनले वीरगन्जको मुख्य तरकारी बजार आजदेखि पूर्णरुपमा बन्द गराएको छ । ‘

लडडाउन’ घोषणा भएको दिन अर्थात गत चैत ११ गतेको विहान ६ बजेदेखि नै यहाँको मुख्य तरकारी बजार बन्द हुदै आएको थियो ।

महानगरपालिकाले दैनिक उपभोग्य सामान खरिद गर्न बिहान ६ बजेदेखि ९ बजेसम्म तीन घण्टाको लागि माईस्थानको मिना कम्पलेक्समा रहेको मुख्य तरकारी बजार खुल्ला निर्णय गरेको थियो ।

साथै वडावासीलाई सहज रुपमा तरकारी तथा खाद्यन्न वस्तु खरीद गर्न वडा अध्यक्ष र स्थानीय प्रहरीको समन्वयमा वडामै व्यवस्थापन गर्ने जिम्मा समेत दिएको थियो ।

प्रहरीले मिना बजारको तरकारी पसलहरुको व्यवस्थापन गर्न नसकेपछि जबरजस्ती बजार नै बन्द गराएको स्थानीयले आरोप लगाएका छन् ।

‘मिना बजारमा पाउँने तरकारीको मुल्य सस्तो हुन्छ, वडाहरुमा खुद्रा विक्री गर्ने व्यापारीहरुले तरकारी चर्को मुल्यमा बेच्ने गरेका छन्, जसले गर्दा हामी जस्ता न्यून आम्दनी गर्नेलाई बढी असर परेको छ,’ स्थानिय मुन्ना गुप्ताले भने, ‘बजार बन्द गराउँनुभन्दा यसलाई कसरी व्यवस्थापन गर्न सकिन्थ्यो त्यसमा प्रहरीले जोड दिनुपथ्र्यो ।’

‘तर, पसल नै बन्द गराएर प्रहरीले के गर्न खोजेको हो ? बुझ्नै सकिराखेका छैनौं,’ गुप्ताले भने, ‘कही प्रहरीले पसल बन्द गराएर बजारमा कालोबजारीलाई त प्रोत्साहन गर्न खाजेको होइन ?’

आइतबार विहान ६ बजेदेखि खुलेको तरकारी बजारमा उपभोक्ताहरुको भिड नै लागेको थियो । भिड नियन्त्रण गरी त्यसको व्यवस्थापनको जिम्मा प्रहरीले नै लिएको छ ।

२४ घण्टामा तीन घण्टा मात्र तरकारी बजार खुलेपछि भिडभाड बढ्नु स्वभाविक भएको र भिडको व्यवस्थापन गर्ने जिम्मा प्रहरी प्रशासनको हो ।

स्थानिय गहवाका सन्तोष रौनियारले भने, ‘प्रहरी उल्टै व्यवस्थापन नगर्ने र खाली लठीको धाकमा जनतालाई तर्साउँन खोज्ने, हामीमाथि दमन गर्न खोजेको हो ।’

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वीरगन्जमा तरकारी, खाद्यन्न र दुधको पसलहरु अब २४ घण्टा खुल्ला गरिने बताए । प्रहरीले व्यवस्थापन गर्न नसकेपछि जबरजस्ती बजार नै बन्द गराउँन खोजेको उनको आरोप छ ।

बेलुका कोभिड १९ पोष्टको बैठकबाट निर्णय नै गरेर तरकारी, दुध र खाद्यन्नको पसलहरु २४ घण्टा खुल्ला गर्ने मेयरले बताएका छन् । उनले प्रहरीप्रति आक्रोशि व्यक्त गर्दै भने, ‘एक ठाउँको पसल मात्र खुल्ला गरेर समस्या समाधान हँुदैन अझै भिडभाड नै बढ्छ ।

जसले गर्दा सम्पूर्ण जनतामा नै संक्रमण फैलन सक्ने भएकोले नगरभित्र रहेको सम्पूर्ण अतिआवश्यक वस्तुका पसलहरु खुल्ला गर्छौ, यसलाई अब कसैले पनि रोक्न सक्दैन ।’

प्रहरीले गर्दा नै बजारमा कालोबजारीसंगै भिडभाड हुने गरेको छ । तरकारी खरीद गर्ने आउँने माथि पनि अमानविय व्यवहार गरीरहेका छन् जुन सरासर गलत हो ।

प्रहरीले व्यवस्थापन गर्नुको साटो उल्टै अतिआवश्यक समाग्री खरीद गर्न आउँनेलाई नियन्त्रणमा लिई अमानविय व्यवहार गरीरहेको उनले आरोप लगाए ।

व्यवस्थापनमा पनि फेलिएर भैसकेको छ प्रहरी । न त राम्रो व्यवस्थापन गर्न सकेको छ, न त व्यवस्थापन गर्ने जिम्मा उद्योग वाणिज्यलाई नै दिएको छ उनले भने, आपुर्ती गर्ने जिम्मा महानगरपालिकाको हो प्रहरीको काम होईन प्रहरी प्रशासनले पुरै सिस्टम नै कब्जा गरेर राखेको छ । यसले गर्दा बजारमा आपूर्ति सहज हुन सकेको छैन ।

यिनीहरुको सिस्टमले गर्दा बजारमा कालोबजारी गर्नेलाई प्रोत्साहन बढाउँने बाहेक केहि गर्न सकेको छैन । सरकारले ‘लकडाउन’ संगै जनतालाई चाहिने अतिआवश्यक बस्तु २४ औं घण्टा उपलब्ध गराउँनु पर्ने हो तर ‘लकडाउन’ पालनाको बहानामा अतिआवश्यक समान खरीद गर्न आउँने माथि अमानविय व्यवहार मात्र गर्ने गरेको उनले बताए ।सभार thenepaltop.com

प्रतिक्रिया दिनुहोस