आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दलित बस्तिमा शिक्षकको सहयोग बाट मास्क र साबुन बितरन

AuthorAP Khabar२०७६ चैत्र १६, आईतबार (४ साल अघि) ४१५ पाठक संख्या

रौतहट चैत १६ गते।

रौतहटको कटहरिया नगरपालिका वडा न १ दलितबस्ती मा बिश्व व्यापि रुपमा फैलिरहेको कोरोनाभाईरस रोगबाट बच्नको लागि प्रगती नगर टोलमा बस्ने श्री जन्ता मा.वि कटहरियाका शिक्षक अजय कुशवाहा र कोपिला प्रा.विका शिक्षक कुनाल कुशवाहा दुबै जनामिलि आफनो दुई दुई महिना बराबरको निजि तलब बाट दलितबस्तीमा ६ हजार मास्क प्रत्येक घर घरमा पुगि गाँउका सहयोगि युवा शिक्षक साथि बिजय कुशवाह, श्यामसुन्दर ,मोहनारायाण ,मुकेश, सुरेश ,रामनन्द कुशवाहा लगायतको टोलि बनाई बितरण गरेका छन ।

वार्डमा रहेको हरेक सार्वजनिक धाराहरुमा कोरोना संक्रमण हुन नदिनको लागि हाथ धुने साबुन व्यवस्था गरिएको बताइएको छ । साथै हैैन्डमाईक को सहयोगले प्रत्येक टोल —टोलमा पुगि कोरोना भाईरसबाट बचनको लागि जनचेतना समेत फैलाएका छन ।

जनप्रतिनिधीहरुले गर्न नसकेको काम गाउँका युवाहरुले गरेका छन् । वडा कार्यलयले अहिले सम्म मासक उपलब्ध नगराएको दलित बस्ती का मानिसहरुले गुनासो गरेका थिए । आफनो गाउँमा लकडाउन पालन गराउन गाँउको बाटो नै बन्द गरेको बताए ।

प्रतिक्रिया दिनुहोस