सरकार द्वारा थप ८ दिन लकडाउन गर्ने निर्णय

देश समाचार

चैत १६ काठमाडौं : सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो ।

साथै सरकारले लकडाउन थप्ने निर्णयसहित अन्य ६ वटा निर्णय गरेको छ ।

आजै बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको बैठकले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

जसअनुसार मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो ।

सरकारले कोरोनाभाइरसको जोखिम कम गर्ने उद्देश्यका साथ चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो ।

नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ भने एक जना उपचारपछि निको भएर फर्किसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *