आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बालयौन दुरुपयोग कसुरमा १९ वर्षिय एक युवक रौतहट बाट पक्राउ

AuthorAP Khabar२०७६ चैत्र १६, आईतबार (४ साल अघि) २७४ पाठक संख्या

अखिलेश  कुमार यादव।रौतहट चैत १६ गते

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको वडा न ७ फतुवामा बालयौन कसुर दुरुपयोगमा फतुवाको १९ वर्षिय नवल पासवानलाई प्रहरिले पक्राउ गरेको छ।

तोरिको तेल किन्नको लागि घर नजिकै रहेको किराना पसलमा एक्लै गएको अवस्थामा फतुवाको रामप्रताप पासवानको १९ वर्षिय छोरा नवल पासवानले मादक पदार्थ सेवन गरेर तेल किन्न गएको ८ बर्षको बालिकालाई पछाडी बाट दुबै हातले समाई एकान्त गलिमा लगिरहेको अवस्थमा बाल यौन दुरुपयोग गरेको बेला केटिले हुहल्ला गर्दा गाउँलेहरुले नवल किशोरलाई पक्राउ गरेर प्रहरिको जिम्मा लगाएको थियो।

बाल यौन दुरुपयोग गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनियाले पासवानलाई पक्राउ गरेको छ।

पासवानलाई पक्राउ गरि ईलाका प्रहरि कार्यालय लक्ष्मीनियामा ल्याई पिडित र पिडकलाई चपुर अस्पताल चन्द्रनिगाहपुर रौतहटमा यौनजन्य सम्बन्धि स्वास्थ्य परिक्षण गराई निज नवल पासवान उपर बालयौन दुरुपयोग शिर्षकमा मुद्दा  दर्ता गरिएको प्रहरी निरिक्षक चन्द्र किशोर साहले जानकारी गराएको छ।पासवानलाई पक्राउ गरि थप्प अनुसन्धान कार्य अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस