आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फ्रान्समा एकै दिन २ सय ९२ जनाको मृत्यु

AuthorAP Khabar२०७६ चैत्र १७, सोमबार (४ साल अघि) ३२९ पाठक संख्या

चैत्र( १७।२०७६।सोमबार

विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले फ्रान्समा एकै दिन २ सय ९२ जनाको ज्यान लिएको छ । फ्रान्समा कोरोना भाइरसबाट एकै दिन २ हजार ५ सय ९९ जना संक्रमित भएका छन् । हिजो आईतबारसम्म फ्रान्समा २ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।

फ्रान्समा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार १ सय ७४ पुगेको छ ।
हाल सम्म विश्वका १ सय ९९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ। भने ७ लाख २१ हजार ३ सय ३ जना संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस