आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अर्थतन्त्रमा भारी गिरावट आउने डरले जर्मनीका एक अर्थमन्त्रीले गरे आत्महत्या!

AuthorAP Khabar२०७६ चैत्र १७, सोमबार (४ साल अघि) ४४२ पाठक संख्या

चैत १७ एजेन्सी : कोरोना भाइरससँग लडिरहेको युरोपेली देश जर्मनीका एक अर्थमन्त्रीले आत्महत्या गरेका छन् । कोरोनाको कारण अर्थतन्त्रमा भारी गिरावट आउने डरले हेसे प्रान्तका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जर्मन चान्सलर एन्जेला मर्केल र राज्य प्रमुख वाकर वाइफरले आइतबार मन्त्री थोमसले आत्महत्या गरेको जानकारी दिएका छन् । ५४ वर्षीय मन्त्री थोमसको शव शनिबार रेलवे ट्रयाकमा भेटिएको थियो ।

जर्मनीको आर्थिक राजधानीको रुपमा चिनिने फ्रान्कफ्रट पनि हेसी प्रान्तमै पर्दछ । राज्य प्रमुख वाइफियरका अनुसार शेफर १० वर्षका लागि अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

उनी कोरोना महामारीले पारेको आर्थिक प्रभावको सामना गर्न कम्पनी र कादारहरुसँग मिलेर दिनरात काम गरिरहेका थिए ।

महामारीका कारण अर्थव्यवस्थामा गिरावट आएपछि उनी निकै तनावमा थिए । लोकप्रिय र उच्च सम्मानित नेताका रुपमा उदाएका शेफरलाई त्यहाँका जनताले राज्य प्रमुख वाउफियरको उत्तराधिकारीका रुपमा लिने गर्दथे । उनी मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन अफ जर्मनी (सिडियु) पार्टीसँग आबद्ध थिए ।

जर्मनीमा कोरोना महामारीका कारण अहिले सन् १९९० पछिकै सबैभन्दा ठूलो आर्थिक मन्दी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस