आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाका नेता पासवानद्धारा ६ हजार माक्स बितरण, २० हजार वाडने लक्ष्य

AuthorAP Khabar२०७६ चैत्र १७, सोमबार (४ साल अघि) ४०९ पाठक संख्या

सिकेन्द्र पासवान
बारा : पतरौता नगरपालिकाको नेकपाका नगर सदस्य एवम समाजसेवी शम्भु पासवानले पतरौता नगरपालिका वडा नम्बर ९ मा रहेको ४ वटा टोलमा करिब ६ हजार माक्स बितरण गरेका छन् ।

आफनो निजी लगानीमा सो माक्स प्रति घर ४ थानको दरले वडाको अमरपर्टी, बाजोपर्टी, छपकहियामा बितरण गर्नुभएको थियो । नेकपाका जिल्ला सदस्य मगनी मुखिया बिन, नेता गगनदेव यादव, तराई पब्लिक वोर्डिग स्कुलका प्रिन्सिपल चन्दन यादव, पुर्व गााबिस अध्यक्ष गोबरी राय यादव, समाजसेवी प्रेम नारयण चौधरी, स्थानियहरु संझन यादव, अजय चौधरी, बृजकिशोर यादव र सुरक्षा वेश क्याम्प लगडाचोकका प्रहरी सहायक निरिक्षक रबिन्द्र कुमार मिश्रको सहभागितामा सो माक्स बितरण गरिएको हो ।

कोरोना चाईरसबाट बच्नका लागि सवाधानी अपनाउनमा मदत पुग्ने उदेश्यले सो माक्स बितरण गरिएको पासवानले भन्नुभयो । पतरौता नगरपालिकाको ९ वटा वडाहरुमा करिब २० हजार माक्स बितरण गर्ने पासवानले जानकारी दिनुभयो । बितेको चुनावमा उनी दलित जनजाती पार्टीबाट मेयरमा चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस