आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अस्ताउँदो सुर्यलाई पुजा आराधना गरी मनाइयो चैती छठ पर्व

AuthorAP Khabar२०७६ चैत्र १७, सोमबार (४ साल अघि) २४५ पाठक संख्या

 रौतहट । चैत्र १७
आज चैती छठ पर्वको तेस्रो दिन सुर्यदेवको आराधना, उपासना र पुजा गरी हर्षोल्लास पुर्वक छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पुर्ण शक्तिको स्रोत सुर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिएपछि विधिवत रुपमा सम्पन्न हुने गर्दछ ।

छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसानाको चामल लगायतका खाद्य वस्तु प्रयोग गर्न निशेष गरिएको हुन्छ । यस अघि कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइएको थियो भने अहिले चैत्र शुक्ल चतुर्थीदेखि सुर्यदेवको आराधना, उपासना र पुजाको यो पर्व शनिबार देखि शुरु भएको हो ।

चैती छठको मुख्य दिन आज सोमबार साँझ अस्ताउँदो सुर्यलाई पुजा आराधना गरी अर्घ दिइन्छ भने मंगबार उदाउँदो सुर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ ।

यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास रहेको छ । रोग निदान र देशको कल्याणको यस वर्षको चैती छठ पर्व गर्न लागिएको एक जना छठ ब्रतालु महिलाले बताएकि हुन् ।
कार्तिक महिनामा हुने छठ पर्व भन्दा चैत्र महिनामा हुने छठ पर्वमा खासै चहल पहल भए नभएपनि यसको महत्व धेरै ठुलो रहेको छठ ब्रतालुहरु बताउँछन् । कोरोना भाइरसको त्रास बढिरहेको बेला यो संवेदनशील घडिमा व्यवस्थित र दुरी कायम गरि छठ पर्व मनाउन जानकारहरुले सुझाव दिएका छन् ।

आज चैती छठमा कोरोनाको प्रभाव प्रष्ट श्रापले देखिएको थियो । सामाजिक दुरी कायम गरि महिला ब्रतालुहरु चैती छठ मनाइ रहेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस