आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मौलापुर नगरपालिका द्वारा ज्यालादारीमा आश्रित गरिब परिवारको  लागि राहत प्याकेज

AuthorAP Khabar२०७६ चैत्र १७, सोमबार (४ साल अघि) ५२२ पाठक संख्या


अखिलेेेश यादव ।चैत १७ रौतहट ।बिश्व महामारीको रुपमा फैलिरहेकी कोरोना भाईरस बाट बच्नको लागि नेपाल सरकारले गरेको लक डाउनको बेेेला रौतहट जिल्लाको मौलापुर नगरपालिका अन्तर्गतको ज्यालादारीमा अाश्रित रहेको करिब ८०० सय  गरिब परिवारलाई मौलापुर नगरपालिकाले राहत प्याकेज अन्तर्गत प्रत्येक परिवारलाई २५ किलो चामल,४ किलो दाल र नगद ५ सय रुपैयाँको दरले राहत प्याकेज बितरन गरिएको मौलापुर नगरपालिकाको मेयर रिना कुमारी साहले जानकारी दिनु भएको छ।

राहत प्याकेज पाए पछि ज्यालादारीमा अाश्रित रहेको गरिब परिवारले लक डाउनको बेला पाएको राहत प्याकेज बाट आफूहरु निकै खुशी रहेको कुरा प्रष्ट पारेको छ।

अन्य स्थानीय तहहरु वेवास्ता नगरेको आलोचना भइरहेको बेला मौलापुर नगरपालिकाको यो कदम सराहनीय रहेको भन्दै प्रसंशा भइरहेको छ । नगरवासीप्रति जिम्मेवार भइ सरकारको कदमलाई सघाउने मौलापुर नगरपालिकाले गरेको कार्य उदाहरणीय छ ।

प्रतिक्रिया दिनुहोस