आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सबै प्रदेशमा पुग्यो चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री

AuthorAP Khabar२०७६ चैत्र १८, मंगलबार (४ साल अघि) १०८२ पाठक संख्या

चैत १८ काठमाडाैं : चीनबाट खरिद गरी ल्याइएका स्वास्थ्यसँग सम्बन्धित सामग्री प्रदेशहरूमा पुगेका छन् ।

ती सामग्रीलाई नेपाली सेनाले प्रदेश १ को विराटनगर, बाग्मतीको हेटौँडा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा पुर्‍याइसकेको छ ।

नेपाली सेनाको स्काई ट्रक विमानबाट सोमबार ढुवानी गर्ने क्रममा गन्ध आउनका साथै विमान चालकको आँखा पोल्न थालेपछि विमान उडेको १० मिनेटमा नै फिर्ता गरिएको थियो ।

अन्य सामग्रीहरू भने स्काई ट्रक विमानबाट सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश १ को विराटनगर पुर्‍याइसकेको सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री लिएर विराटनगर र धनगढी उडेको दुईवटा विमानमा ‘अनौठो गन्ध’ आएपछि बीचबाटै काठमाडौँ फर्किएको थियो ।

विमान चालकले भने गन्धका कारणले भन्दा आँखा पोलेको कारण उडान भर्न नसकेको बताएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस