स्पेनमा २४ घण्टामै ९१३ जनाको मृत्यु, ७ हजार ८ सय बढी संक्रमित

प्रवास समाचार स्वास्थ्य/शिक्षा

चैत १८ एजेन्सी : विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस अर्थात कोभिड-१९ बाट स्पेनमा एकै दिन ९ सय १३ जनाको मृत्यु भएको छ । ७ हजार ८ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् । मंगलबार बिहानसम्म स्पेनमा ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार चीनमा अहिलेसम्म ३ हजार ३ सय ४ को मृत्यु भएको छ । कोेरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । त्यसपछि स्पेन नै हो । इटालीमा काेराेनाका कारण अहिलेसम्म ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा अहिलेसम्म ८७ हजार ९ सय ५६ जना संक्रमित भएका छन् । तीमध्ये १६ हजार ७ सय ८० जना पूर्ण रुपमा निको भएका छन् ।

अहिले स्पेनमा ६३ हजार ४ सय ६० जनामा कोरोना सक्रिया रहेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको अवस्था गम्भीर रहेको छ । बढ्दो मृत्युलाई हेर्दा स्पेनमा कोरोनाको कहर तत्काल रोकिने संकेत देखिएको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *