आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

च्याम्पियनसीप लिग स्थगित

AuthorAP Khabar२०७६ चैत्र २०, बिहिबार (४ साल अघि) १२१२ पाठक संख्या

चैत २० काठमाडौं । युरोपियन फुटबलको नियामक निकाय युइएफएले च्याम्पियनस् लिग र युरोपा लिगका सबै खेल स्थगित गरेको छ । विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण युइएफएले च्याम्पियन्स् लिग र युरोपा लिग अनिश्चितकालीन स्थगनको घोषणा गरेको हो ।

सबै खेल अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको युइएफएले जनाएको छ । युरोपका सबै आवद्ध ५५ राष्ट्रको बुधबार गरिएको भिडियो कन्फरेन्स् बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी सम्पूर्ण राष्ट्रिय टिमका खेल पनि तत्काललाई स्थगित गरिएको छ ।

युरो २०२० यसअघि नै २०२१ सम्मको लागि स्थगन भइसकेको छ । यसैगरी महिला युरो २०२१ का छनौट चरणका खेल पनि रोक्किएको छ ।प्रिमियर लिग अप्रिल ३० सम्मका लागि स्थगित अवस्थामा छ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र चेल्सी च्याम्पियन्स् लिगमा छन् । म्यान यु, वुल्भ्स् र स्कटलयाण्डको क्लब रेन्जर्स युरोपा लिगमा छ ।

च्याम्पियनस् लिग,युरोपा लिग र महिला च्याम्पियनस् लिगको मे महिनाका लागि तय भएको फाइनल यसअघि नै स्थगन भएको थियो । युरोपका अधिकांश घरेलु लिग भने कोरोनाको प्रभाव फुकुवा हुन साथ सक्ने दाउमा छन् । युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले यसअघि नै जुनभन्दा पर लिगहरु धकेलियो भने यो सिजन रद्द हुनेछ

प्रतिक्रिया दिनुहोस