आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छोरी बलात्कारका एक आरोपी हिरासतभित्रै झिुन्डिएको अवस्थामा फेला

AuthorAP Khabar२०७६ चैत्र २०, बिहिबार (४ साल अघि) ८०५ पाठक संख्या

चैत २० कपिलवस्तु छोरी बलात्कारका एक आरोपी हिरासतभित्रै झिुन्डिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय पिपराको प्रहरी हिरासतमा बिहीबार बिहान उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

शौचालय गएको बेला उनलाई झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरी निरीक्षक आयुष जेशीले जानकारी दिनुभयो । उनले आफँलै ओछ्याएको तन्नाको पासो लागेको बताइएको छ ।

वाणगंगा नगरपालिका ८ का ती व्यक्ति गत फागुन १८ गते छोरी बलात्कारको आरोपमा पक्राउ परेका थिए । उनलाई फागुन १९ गते म्याद थप गरी प्रहरी हिरासतमा राखिएको थियो । उनले पटक पटक छोरीको बलात्कार गरेको भनि उनकै पत्नीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस