आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लकडाउनका बेला फास्ट ट्रयाकको परामर्शतालाई एलओआई

AuthorAP Khabar२०७६ चैत्र २१, शुक्रबार (४ साल अघि) ३८३ पाठक संख्या

चैत २१ निजगढ
सरकारले लकडाउनको समयमा सरकारी आयोजनाका टेण्डरको म्याद थप्न र होल्ड गर्न निर्देशन जारी गरेको छ । नेपाली सेनाले भने लकडाउनकै बेला काठमाडौँ तराई फास्ट ट्रयाक परियोजनाको डिजाइन तथा निर्माण सुपरीवेक्षणका लागि परामर्शदातालाई लेटर अफ इन्टेन्ट (एलओआई) दिएको छ ।

फास्ट ट्राक परियोजनाको डिजाइन तथा निर्माण सुपरीवेक्षणका लागि परामर्शदाता छनोट गर्न नेपाली सेनाले लकडाउनअघि नै प्रस्ताव आह्वान गरेको थियो । अन्तर्राष्ट्रिय परामर्शहरूदातासँग आशय पत्र माग गरेर ‘फाइनान्सियल ओपनिङ’का लागि पहिल्यै योग्य भइसकेका परामर्शदातालाई आह्वान गरिसकेको अवस्था थियो ।

सेनाले दुईपटकसम्म अन्तर्राष्ट्रिय परामर्शका लागि गरिएको प्रस्ताव आह्वान खारेजसमेत गरिसकेको थियो । तर, परियोजनाको डिजाइन र निर्माण सुपरीवेक्षणका लागि परामर्शदाता टुङ्ग्याउने नेपाली सेनाको तेस्रो प्रयास लकडाउनको समयमा आएर सम्पन्न भएको छ ।

नेपाली सेनाले परियोजनाको डिजाइन र निर्माण सुपरीवेक्षण परामर्श दाताका लागि छ वटा कम्पनीलाई विस्तृत प्रस्ताव पेस गर्न आह्वान गरेको थियो।

. एमएस युसिन इन्जिनियरिङ कोअपरेसन कोरिया जेभी, कोरिया एक्सप्रेसवे कोअपरेसन र प्युङ्ग्वा इन्जिनियरिङ कन्सल्ट्यान्ट्स कोरिया समेत ।

२. एमएस दसन कन्सल्ट्यान्ट्स कोरिया जेभी, राइट्स इन्डिया लिमिटेड समेत ।

३. एमएस इप्तिसा स्पेन जेभी, सुसुङ इन्जिनियरिङ कोरिया समेत ।

४. एमएस मेनहार्ड सिङ्गापुर जेभी, क्योङदोङ इन्जिनियरिङ र केसीआई कोरिया समेत ।

५.एमएस एसएमइसी इन्टरन्यासनल कोरिया जेभी, दोङसुङ इन्जिनियरिङ कोरिया र कोरिया इन्जिनियरिङ कन्सल्ट्यान्ट्स कोरिया समेत ।

६. एमएस चाइना रेलवे ।

तर, यी ६ वटा कम्पनीहरुमध्ये चाइना रेल्वे कम्पनीको रुची परियोजनाको निर्माणतर्फको ठेक्कामा देखिएकाले भएकाले परामर्शदाताको भूमिकाबाट आफैँ फिर्ता भएको र विस्तृत प्रस्ताव पेस नगरेको स्रोतले बतायो ।

बाँकी पाँच कम्पनीमध्ये दुई कम्पनीलाई जंगी अड्डाले फाइनान्सियल ओपनिङका लागि बोलायो–

१. एमएस युसिन इन्जिनियरिङ कोअपरेसन कोरिया जेभी, कोरिया एक्सप्रेसवे कोअपरेसन र प्युङ्ग्वा इन्जिनियरिङ कन्सल्ट्यान्ट्स कोरिया समेत ।

२. एमएस मेनहार्ड सिङ्गापुर जेभी, क्योङदोङ इन्जिनियरिङ र केसिआई कोरिया समेत ।

फाइनान्सियल ओपनिङमा युसिन कम्पनीले समायोजित अन्तिम अंक ९१.६३ र मेनहार्ड ८९.४३ अंक प्राप्त गरे । युसिनले पाएको वित्तीय अंक ९६.५४ थियो भने मेनहार्डले १०० अंक पायो । त्यसैगरी युसिनले प्राविधि अंक ९१.०१ र मेनहार्डले ८८.२५ अंक पायो ।

विशेषज्ञ शुल्कतर्फ युसिनले भन्दा मेनहार्ड सिङ्गापुरले ८ करोड ३४ लाख ३४ हजार ३९१ नेपाली रुपैयाँ अर्थात, ३२ लाख ५३ हजार ७४१ अमेरिकी डलर कममा प्रस्ताव गरेको थियो ।

नेपाली सेनाले लकडाउनकै बेला मंंगलबार दिउँसो ठेक्का दिने आशयको लेटर अफ इन्टेन्ट (एलओआई) युसिन जेभीलाई प्रदान गर्‍याे ।

कोभिड १९ का कारण सार्वजनिक खरिद अनुगमन कार्यालय र हाल निर्माणाधीन अन्य ठूला परियोजनाहरू बन्द भएको अवस्थामा यसरी हठातमा आशय पत्र जारी गरिएको भन्दै प्रतिस्पर्धी कम्पनी असन्तुष्ट देखिएको छ ।

जब कि सार्वजनिक खरिद अनुगमन कार्यालयले त्यसको अघिल्लो दिनमात्रै आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै सबै सार्वजनिक निकायलाई आह्वान गरिएका बोलपत्र पेस गर्ने समय सीमा लकडाउनभरि लम्ब्याउन निर्देशन दिएको थियो ।

सिङ्गो मुलुक नै कोभिड १९ का कारण लकडाउनमा भएको र यातायात आवत–जावत बन्द रहेका बेला यस्तो जोखिमपूर्ण परिस्थितिमा कम्पनीका प्रतिनिधिलाई सम्झौताबारे छलफल गर्ने बैठकमा भाग लिन बोलाइएको भन्दै प्रतिस्पर्धी कम्पनीले असन्तुष्टि जनाएको छ ।

परियोजनाको समय क्रम

आशय पत्र माग– अक्टोबर ४, २०१९

आशय पत्र पेस– नोभेम्बर ३, २०१९ (दिउँसो १ बजे)

सर्टलिस्ट प्रकाशन–नोभेम्बर २७, २०१९

प्रस्ताव आह्वान– डिसेम्बर ३, २०१९

प्रस्ताव पेस–जनवरी १७, २०२० (दिउँसो २ बजे)

फाइनान्सियल ओपनिङको सूचना :– मार्च १६, २०२०

फाइनान्सियल ओपनिङ : मार्च ३१, २०२० (दिउँसो २ बजे)

आशय पत्र जारी : मार्च ३१, २०२०

प्रतिक्रिया दिनुहोस