आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कपिलवस्तुको विजयनगरमा भिषण आगलागी, ३९ घरगोठ जलेर नष्ट, एक करोडको क्षति

AuthorAP Khabar२०७६ चैत्र २२, शनिबार (४ साल अघि) ९१७ पाठक संख्या

कपिलवस्तुको विजयनगरमा भिषण आगलागी हुँदा ३९ घरगोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौलीमा शुक्रवार करिब अपरह्न ४ बजेतिर आगलागी भएको हो ।

स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएकोे छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । मानवीय तथा चौपाया क्षति नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भएको छ ।

आगो किन र कसरी लागेको अझै खुल्न नसकेको प्रहरी निरिक्षक नेपालले बताउनुभयो ।
अग्नि पीडितहरुको राहतको लागी विजयनगर गाउँपालिकाले ब्यवस्थापन गरीरहेकाे गाउँपालिका अध्यक्ष गाेपाल थापालेे जानकारी दिनुभयो ।अध्यक्ष थापाले तत्काल राहत स्वरुप खाना ,कपडा व्यावस्थापन गरि घरपनि बनाइने बताउनुभयाे ।

कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकोले तौलिहवाको दमकल आउन ढिलाइ गरेको थियो । पुरैगाउँ खरानी भएपछि मात्र तौलिहवाको दमकल गुगौली पुगेको थियो । तौलिहवा र गुगौलिको दुरि करिब ५० किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस