आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेस नगर सभापति गुप्ताद्वारा सिमराको बाबा मार्केटको एक महिनाको भाडा नलिने घोषणा

AuthorAP Khabar२०७६ चैत्र २२, शनिबार (४ साल अघि) २०० पाठक संख्या

चैत २२ सिमरा।

नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले सिमरामा रहेको बाबा मार्केटको चैत्र महिनाको कोठा भाडा नलिने घोषणा गर्नुभएको छ ।

कोरोना भाईरसबाट सबै क्षेत्र अस्तव्यस्त भएकाले बेला नगर सभापति गुप्ताले बाबा मार्केटको चैत्र महिनाको कोठा भाडा नलिने घोषणा गर्नुभएको हो ।

बाबा मार्केटका सञ्चालक समेत रहनुभएका गुप्ताको यो घोषणा निकै प्रशंसनीय छ । यो घोषणाबाट बाबा मार्केटका झन्डै २ दर्जन व्यवसायी लाभान्वित भएका छन् ।

‘कोरोनाले सबै क्षेत्र अस्तव्यस्त भएको छ, यस्तो अवस्थामा मानवताको निम्तिपनि मैले कोठा भाडा नलिने घोषणा गरेको हु’ गुप्ताले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस