आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकै दिन नेपालमा ३ कोरोना संक्रमित भेटिए, कोरोनाबाट संक्रमितको संख्या ९ पुग्यो

AuthorAP Khabar२०७६ चैत्र २२, शनिबार (३ साल अघि) ३७० पाठक संख्या

काठमाडौं : कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस भेटिएसंगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा एकैदिन तिन जना यस भाईरसबाट संक्रमित पाइएको यो पहिलो घटना हो ।

मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् । दुई जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजु हुन् । उनी ३४ वर्षीया महिला हुन् ।

आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए । नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।

संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ । यसअघि विदेशबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमै रहेकाहरुमा संक्रमण भेटिएको भने यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस