आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारलाई राजपाको यस्ताे चेतावनी

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ३५९ पाठक संख्या

काठमाडौं  , पुष १० : राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । राजपाले पहिल्यैदेखि संविधान संशोधन नभए समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।

बारम्बार त्यस्तो चेतावनी दिएपछि प्रधानमन्त्री केपी ओलीले त्यसबारे छलफल गर्न राजपाका नेताहरुलाई मंगलबार प्रधानमन्त्री कार्यालय बोलाउनु भएको थियो । छलफलमा प्रधानमन्त्री ओलीले राजपाको मागलाई सकारात्मक रुपमा लिनुभएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार छलफलमा राजपामा नेताहरुले आफ्ना माग तत्काल पूरा हुनुपर्ने धारणा राखेका थिए । राजपाले संविधान संशोधन प्रकृया ७ दिनभित्रै शुरु गर्नुपर्ने बताएका थिए । एक साताभित्रै संविधान संशोधन प्रक्रिया शुरु, मुद्दा फिर्ता तथा बन्दीको रिहाइ, सांसद रेशम चौधरीको सपथग्रहण, छानबिन आयोगको प्रतिवेदन सार्वजनिक आदि काम नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस