आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चट्याङ सहित बर्षाको सम्भावना

AuthorAP Khabar२०७६ चैत्र २३, आईतबार (४ साल अघि) २३१ पाठक संख्या

चैत २३ काठमाडौं जल तथा मौसम अनुमान महाशाखाले आज नेपालको पश्चिमी क्षेत्रमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको बताएको छ ।

तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसममा फेरबदल हुनसक्ने जनाइएकाे छ । देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

चट्यासहित वर्षा हुनेसक्ने भएकाले पश्चिमी क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले जारी गरेको २ दिनको मौसम पूर्वानुमान :

चैत्र २३ गते (आईतबार)
दिउँसोः देशकाे पहाडी भूभागमा अपरान्हपछि आंशिक बदली भई पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

रातीः देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ ।

चैत्र २४ गते (सोमबार)
दिउँसोः देशका पहाडी भूभाग तथा पश्चिमि भूभागमा अपरान्हपछि आंशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

रातीः देशका पहाडी भूभाग तथा पश्चिमि भूभागमा आंशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस