आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाविरूद्ध लड्न प्रियंकाले दिइन् १ लाख डलर

AuthorAP Khabar२०७६ चैत्र २३, आईतबार (३ साल अघि) ३८० पाठक संख्या

चैत २३ काठमाडौं : कोरोना भाइरसविरुद्ध लड्न बलिउड अभिनेत्री प्रियंका चोपडाले एक लाख डलर सहयोग गर्ने घोषणा गरेकी छन्।

उनले सामाजिक सञ्जाल इन्स्टामा पोष्ट गर्दै कोराना भाइरस संक्रमणविरुद्ध लड्नका निम्ति एक लाख डलर सहयोग गर्ने घोषणा गरेकी हुन्। उनले आफ्नो इन्टाग्राममा लेखेकी छन् ‘कोरोनाविरुद्ध लड्न हामी सबै सँगै हुनेछौँ। यो समयमा सबै क्षेत्र जिम्मेवार भएर लाग्नुपर्छ।’

विशेष गरेर महिला केन्द्रित सहयोग प्याकेजअनुसार उनले ह्यासट्याग ‘टुगेदर वुमन राइज’ लेखेर अब हरेक हप्ता प्रेरणादायी महिलाको कथाका साथमा आफू पनि प्रत्यक्ष प्रशारणमा आउने समेत उल्लेख गरेकी छन्।

सामाजिक सञ्जालमार्फत विभिन्न समय सचेतनायुक्त कार्यक्रम लिएर आउने प्रियंकाले महामारीका रूपमा रहेको कोरोना भाइरसबाट बच्न सचेतना फैलाउँदै आएकी छन्।

प्रियंकाले यसअघि आफ्ना लाखौं फ्यान–फलोवर्सलाई सामाजिक सञ्जालमार्फत सचेत गराउन हात धुने तथा अन्य सावधानीका तरिकाबारे बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस