आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पथलैयामा भिमेश्वर बनद्धारा आफ्नो एक सय ८० सदस्यलाई मास्क र सेनेटाईजर वितरण

AuthorAP Khabar२०७६ चैत्र २३, आईतबार (४ साल अघि) ५६० पाठक संख्या

एपी खबर : बाराको पथलैयामा रहेको भिमेश्वर सामुदायीक बन समुहले आफ्ना एक सय ८० जना उपभोक्तालाई सेनेटाईजर र मास्क वितरण गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति अन्तरगत रहेको यस भिमेश्वर सामुदायीक बनले आफ्ना सदस्यहरुलाई कोरोनाको संक्रमणबाट सजग रहन यो समाग्री वितरण गरेको हो ।

समुहका अध्यक्ष पेशल कुमार मुल्मीले ६ सय थान मास्क र एक सय १८ थान सेनेटाईजर यस बन समुहका उपभोक्ताको घर घरमा लगर वितरण गर्नुभएको हो । पछिलो समय विश्व भरि नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को संक्रमण नेपालमा समेत देखिएकोले आफ्ना उपभोक्तालाई ध्यानमा राखेर यो कार्य गरीएको मुल्मीको भनाई छ ।

कोरोनाबाट बच्न अति आवश्यक मास्क र सेनेटाईसर पाएपछि आफुहरु धेरैनै राहत महसुस गरेको उपभोक्ता हरिहरन श्रेष्ठले जानकारी दिनुभयो । पछिलो समय समाजीक कार्यमा समेत अग्रस्थानमा रहेका मुल्मी यस अघि भिमेश्वर बन समुहको लगानीमा पथलैयामा विभिन्न विकासका काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस