आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल चिकित्सक संघ नारायणीद्धारा आफ्ना मागहरु पुरा गर्न प्रदेश २ सरकार समक्ष आग्रह

AuthorAP Khabar२०७६ चैत्र २३, आईतबार (४ साल अघि) ४०८ पाठक संख्या

दिपक चौरसिया
वीरगंज २३ चैत
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले जोखिम पूर्ण राष्ट्रको रुपमा घोषणा गरेको छ ।
सोही क्रममा नेपाल चिकित्सक संघ नारायणी साखा वीरगंजका सचिव डा. उदय नारायण सिंहले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि प्रदेश नं. २ सरकार समक्ष विभिन्न मागहरु गरेको छ ।
बैज्ञानिक हिसाबले क्वारेन्टाईन तथा आईसोलेसन वेडहरुको मूल्याकंन गरि छुट्टै कोरोना अस्पताल बनाउनु पर्ने, कोरोनाका हब अस्पतालको अवस्था पहिचान गरि आवश्यक स्तरोन्नतिका लागि पहल गर्नु पर्ने, आवश्यक्ता र जनघन्त्वको आधारमा यथासिघ्र कोरोना परिक्षण को व्यवस्था प्रदेश २ का सबभन्दा ठुलो नारायणी अस्पतालमा गर्नु पर्ने, स्तरिय पर्सनल प्रोटेक्टिभ ईकुपमेन्ट (एएभ्) को व्यवस्था गर्नु पर्ने, संभावित कोरोनाको बिरामीको उपचारक्रममा संलग्न स्वास्थ्यकर्मीलाई छुट्टै क्वारेन्टाईनमा राख्न व्यवस्था गर्नु पर्ने लगायतका मागहरु विज्ञप्तिमा उल्लेख छ ।
नेपाल चिकित्सक संघ हालको परिस्थितिमा आफ्नो कर्तब्य निष्ठा पुर्बक गर्न रति पनि पछि न हटने तर चिकित्सक तथा स्वास्थ्यकर्मिहरुको सुरक्षाको सम्पुर्ण ब्यवस्था सरोकारवाला निकायहरुलाई गर्नु पर्ने संघका सदस्य दिलिप कुमार चौरसियाले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस