आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विपन्न लक्षित मानव सेवा कोष जीतपुरद्धारा सुनिल गुप्ताको नेतृत्वमा ३ लाख बराबरको राहत वितरण

AuthorAP Khabar२०७६ चैत्र २४, सोमबार (४ साल अघि) ३५८ पाठक संख्या

एपी खबर : विपन्न लक्षित मानव सेवा कोष जीतपुरले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का विभिन्न टोलमा करिब ३ लाख बराबरको खाद्यान्न वितरण गरेको छ । लक डाउनको समयमा बिहान बेलकाको छाक टार्न मुस्किल भएको १ सय ५० जना घरपरिवारलाई यो खाद्यान्न वितरण गरीएको हो ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण संक्रमणबाट नेपाल सरकारले लक डाउन गरेको छ । लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने अतिविपन्न परिवारलाई स्थानिय तहले खाद्यान्नको जोहे मिलाउन नसक्दा समस्यामा परेका थिए ।

बिहान बेलका खान समेत समस्यामा परेको गुनासो बढ्दै गएको भन्दै यस कोषले स्थानिय समाजसेवि सुनिल गुप्ताको नेतृत्वमा करिब एक सय ५० जना परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरीएको हो ।

यस कोषले आफ्ना सदस्यहरु बिच खडा गरेको कोषबाट प्रत्येक परिवारलाई ३० किलोको एक बोरा चामल, ४ किलो आलु, एक किलो प्याज, एक किलो नुन, खाने तेल एक लिटरसंगै स्वायबिन वितरण गरेको कोषका कोषाध्यक्ष सुनिल गुप्ताले जानकारी दिनुभयो ।

उहाँले भिडभाड नहोस भन्ने उद्येश्यका साथ जीतपुरको कोराढोका, खलका टोल, नसिम नगर, राम टोल, चौधरी टोल, पहाडी टोल लगाएकाबाट अति विपन्न १ सय ५० परिवारलाई ३ लाख बराबरको खाद्यान्न वितरण गरेको हो ।

वितरण कार्यलाई प्रत्येक टोलमा रहेको यस कोषका सदस्यहरुले घर घरमा पु¥याएर राज्यको नियम पालना गरेको नेतृत्व कर्ता गुप्ताको भनाई छ ।

प्रतिक्रिया दिनुहोस