आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिरगंजको अपौनिमा दुइ पक्ष बिच झडप १६ जना घाइते

AuthorAP Khabar२०७६ चैत्र २४, सोमबार (४ साल अघि) ११६८ पाठक संख्या

दिपक चौरसिया पर्सा २४ चैत । वीरगंज महानगरपालिकाकाे वडा नं. २० अपाैनीमा गएराती दुई पक्ष बिच झडप हुदा १६ जना घाइते भएका छन् । स्थानिय नागेन्द्र नट र रामप्रबेश यादव पक्ष बिच आइतबार राती भएकाे झडपमा १६ जना घाइते भएकाे इलाका प्रहरी कार्यालय सुगाैलीका प्रहरी नायब निरिक्षक अर्जुन कुमार साहले वताए ।

आइतबार दिउसाे नागेन्द्र नटका छाेरा र रामप्रबेश यादवकाे छाेरा बिच क्रिकेट खेल्ने क्रममा विवाद भएकाे थियाे । साेही समयमा नाम नखुलेका नटका छाेरा यादवका १३ बर्षिय छाेरा दर्शन यादवलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते दर्शनकाे नाकबाट खुन निस्केकाे देखेर उनका घर परिवारकाे व्यक्ति आक्राेशित भएका थिए ।

घाइते हुनेमा नट पक्षका बर्ष १६ की निकी कुमारी, बर्ष ४० की रुपकली देवी, बर्ष १८ का राकेश सिंह नट, बर्ष ३५ की विभा देवी, बर्ष १२ का अकलेश राय, बर्ष १८ की सुमन कुमारी, बर्ष १५ की दिपिका देवी, बर्ष १४ का धर्मेन्द्र राय, बर्ष ३५ की सुमिन्त्रा देवी, बर्ष ४० का किशाेरी राय नट, बर्ष ४५ का शंकर लाल राय र बर्ष ३० की इन्दु देवी रहेका छन् ।

यस्तै यादव पक्षका बर्ष ३२ का संजय कुमार यादव, बर्ष ३६ का इशव चाैरसिया, बर्ष १३ का दर्शन यादव र बर्ष २६ का अर्जुन पटेल समेत घाइते भएकाे इलाका प्रहरी कार्यालय सुगाैलीले जनाएकाे छ ।

घाइतेहरुकाे नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेकाे छ भने घाइते मध्ये इन्दु, सुमिन्त्रा लगायत केही महिला घाइतेकाे अवस्था गम्भिर समेत रहेकाे छ ।
यादव पक्षले नटकाे घरमा पुगी घटना बारे साेधपुक्ष गर्ने क्रममा विवाद हुदा दास्राे पटक राति ८ : ३० बजेकाे समयमा झडप भएकाे बुझिएकाे छ । झडपकाे क्रममा दुई पक्ष बिच ढुंगामुडा हानाहान समेत भएकाे प्रहरीले जनाएकाे छ ।
स्थानियका अनुसार आइतबार सांझ ६ बजे यादव पक्षले घटना बारे इलका प्रहरी कार्यालय सुगाैलीमामा निवेदन समेत लिएर गएका थिए । प्रहरीले निवेदन बुझ्दै भाेली विहान घटना बारे दुबैै पक्ष बिच छलफल गरिने वताए पछि उनीहरु घर फिर्ता भएका थिए । तर त्यसकाे केही घण्टा मै दुई पक्ष बिच पुन: झडप हुन पुग्याे ।

प्रतिक्रिया दिनुहोस