आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हावाहुरी प्रभावितको ४० लाख कांग्रेसद्वारा कोरोना कोषमा

AuthorAP Khabar२०७६ चैत्र २४, सोमबार (४ साल अघि) ७९६ पाठक संख्या

बारा,चैैैत २४  : नेपाली कांग्रेस प्रदेश २ ले बारामा गत वर्ष हावाहुरी (टोर्नाडो) मा प्रभावितहरुका लागि जम्मा गरेको करिव ४१ लाख रकम कारोना मुख्यमन्त्री राहत कोषमा बुझाएपछि बारा कांग्रेसमा बबाल हुने भएको छ ।

कांग्रेस प्रदेश २ ले मुख्यमन्त्री लालबाबु राउतलाई ४० लाख ७५ हजारको रकम चेक बुझाउने वितिकै बारामा पार्टी भित्र बबाल मचेको छ । नाम उल्लेख नगर्ने समर्तमा बारावाट एकजना कांग्रेसका नेताले एसपी खवरलाई दिएको जानकारी अनुसार गतवर्ष प्राकृतिक विपद हावाहुरी टोर्नाडो प्रभावितका लागि कांग्रेसका उपसभापति विमलेन्द्र निधीले केन्द्रिय कार्यालयवाट सहयोग बापत ल्याएको करिव पाँच देखि सात लाख सहित विभिन्न सांसद, प्रदेशसभा सदस्य तथा मेयर उपमेयरहरुको गरि कुल ४० लाख रुपैया जम्मा भएको थियो ।

बाराको पथलैयामा उपसभापति निधिकै उपस्थितीमा पत्रकार सम्मेलन गरि सो रकम हावाहुरी प्रभावितमा खर्च गर्ने समेत जनाइएको थियो । तर सो रकम हावाहुरी प्रभावितहरुमा खर्च नगरि एकाएक अहिले कोरोना रोकथामका लागि मुख्यमन्त्री राहत कोषमा जम्मा गरिएपछि पार्टी भित्र बबाल हुने भएको छ ।

बाराका नेताहरुले बिना कुनै जानकारी र तत्काल सहयोग गर्नेहरु संग कुनै सर सल्लाह नगरि पार्टीका प्रदेशका केहि सिमित नेताहरु एकाएका एक सो रकम हस्तान्तरण गरेका भन्दै आपती जनाएको छ ।

एउटै पैसा दुइवटा विपदको राहतमा लगानी गर्छु भनेर सस्तो लोकप्रियताको कमाई

एता बाराका नेताहरुले पार्टीले गल्ती गरेको आरोप लगाइरहेको छ । हावाहुरी प्रभावितमा खर्च गर्छु भनेर जम्मा गरेको पैसा बिना कुनै जानकारी कोरोना कोषमा राखेपछि एउटै पैसालाई दुई ठाँउ र काममा लगाउने काम कसरी हुन्छ ? भन्दै उनीहरुले यसले पार्टीको छबिमा असर गर्ने र सस्तो लोकप्रियताको आरोप लगाउने काम भएको आरोप लगाएका छन् ।

यस विषयमा एसपी खवरसंग कुराकानी गर्दै पार्टी प्रदेश २ संसदीय दलका नेता राम सरोज यादवले आफुहरुले आज मुख्यमन्त्रीकोषमा बुझाएको पैसा उक्त पैसा नै रहेको अनौपचारिक रुपमा स्वीकार गर्र्दै प्रदेश २ को पैसा रहेकाले विपदका वेला प्रदेश २ मै सदुपयोग गर्न चाहेको बताए ।

सो रकम बाराको प्रभावितहरुमा किन खर्च भएन भन्ने प्रश्नमा नेता यादवले त्यसमा धेरै आन्तिरिक कुराहरु रहेको र खर्च हुन नसकेकाले अहिले सो रकमको सदुपयोग भएको बताए । तर यस कार्यप्रति भने बारा र पर्साका पार्टीका नेता कार्यक्रताहरु भने असन्तुष्ट बनेका छन् ।

पार्टीको बारा जिल्ला सभापति जयचन्द्र चौरसिया र प्रदेश २ का नेता यादव मिलेर एकलौटी रुपमा सो रकम कोरोनाकोषमा दिएको भन्दै बारा, पर्सा, रौतहट सहितका नेता कार्यक्रताहरु आक्रोसित भएका छन् ।

एउटै रकम दुईवटा विपदको राहतमा खर्च गर्ने किशिमको काम गरेर पार्टीको छबि बिगार्ने काम र पार्टी माथी प्रश्न चिन्ह उभ्याउने किशिमको काम पार्टीले गरेको भन्दै पार्टीकै नेता कार्यक्रताहरुले चिन्ता व्यतm गरेका छन् ।

बाराका हावाहुरी प्रभावितहरुलाई कुनै सहयोग गर्न नसकेर लाचारी प्रकट गरेको पार्टी सभापति चौरसिया सोहि पैसा बिना कुनै छलफल र निर्णय अर्को कोषमा जम्मा गरेर सस्तो लोकप्रियता कमाउने काम गरेको बाराका नेताहरुको आरोप छ ।सभार एसपी खबर

प्रतिक्रिया दिनुहोस