आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाबाट युएईमा एक नेपालीको मृत्यु

AuthorAP Khabar२०७६ चैत्र २५, मंगलबार (४ साल अघि) ३२३ पाठक संख्या

चैत २५ काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

शुक्रबार रुपन्देही देबदह– ६ की ४० वर्षीया बिनु पराजुलीको कोरोना भाइरसको कारण मृत्यु भएको थियो ।

सोमबार प्राप्त रिपोर्टबाट उनीमा कोरोना भाइरस भएको पुष्टि भएको हो ।

मृतक बिनुलाई तुरुन्त अस्पताल लगिएको तर अस्पतालले शुक्रबार नै मृत घोषणा गरेको थियो। उनी कोरोनाका कारण बिरामी परेपनि समयमा अस्पताल नलगिएको बुझिएको छ ।

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार श्रीमान डोलराज पराजुलीलाई उपलब्ध गराएको थियो।

प्रतिक्रिया दिनुहोस