आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सहकारीबाट मात्र समाजको आर्थिक विकास सम्भव रहेको प्रदेश सभा सदस्य ज्वाला साहको दाबी

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ४७८ पाठक संख्या

AP डेस्क

जीतपुर, पुस १० : बाराको डुमरवानामा रहेको सप्तरगीं बचत तथा ऋण सहकारी संस्था लि. आफ्नो सातौँ पार्षिक साधारण सभा सम्पन्न गरेको छ । सातौँ वार्षिक साधारण सभालाई प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य ज्वाला साहले सात ओटा मौन बतीका साथै पानसमा बति बाले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य साहले सहकारीको माध्यमबाट मात्र समाजको आर्थिक विकास सम्भव रहेको बताउनुभएको छ । समाजमा रहेको अतिविपन्न परिवारलाई बचतका साथै ऋणको माध्यमबाट आत्मनिरभर बनाउने काम सहकारीले गरेको जीकिर गर्दै उहाँले पुरुषका साथै महिलालाई आत्मनिरभर बनाउनमा सहकारीले महत्वपुर्ण भुमिकाको प्रतिनिधीत्व गर्दै समाजको आर्थिक विकासलाई अगाडी बढाएको बताउनुभयो ।

उहाँले देशको आर्थिक सम्बृद्धि महिलाको विकास बिना सम्भव नरहेको बताउदै महिलालाई विकासको साझेदार बनाउन आफु प्रदेश स्तरबाट विभिन्न योजना बनाएर अगाढी बढ्न प्रेदश सरकारसंग आग्रह गरेको र प्रेदश सरकारपनि बेटि बचाउ बेटि पढाउ जस्ता कार्यक्रम लिएर आएको जानकारी गराउनुभयो ।

उहाँले बेटि बचाउ बेटि पढाउ अभियानपनि त्यती सार्थक नभएको तर मानसिक रुपमा केहि परिवर्तन भएकोले अब यस्ता अभियानलाई गाँउ गाँउ टोल टोलमा लग्न आवश्यक रहेको र यो कार्यको नेतृत्वपनि सहकारीलाई गर्न आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष राजुप्रसाद अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा बारा जील्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर, बारा कृषि सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनी, बारा दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बर्तौला, जीतपुरसिमरा उपमहानगरपाकिला १४ का वडा अध्यक्ष रामशरण बर्ताैला, १६ का वडा अध्यक्ष केदार बज्गाई, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधी बरुण गौतम लगाएतको उपस्थिति रहेको थियो ।

रामबहादुर चौधरीको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य बिदुर खड्का, आर्थिक प्रतिवेदन संस्थाका लेखा समिति संयोजक अनिल चौधरीको रहेको थियो ।

सहकारीले सातौँ वार्षिक साधारण सभाको अवसरमा समाजसेवि हेमा कुमारी क्षेत्री, कृष्ण प्रसाद दहाललाई संस्थाको सप्तरगंी समाजसेवा पुरस्कारबाट सम्मानित गरेको छ भने उत्कृष्ट कारोबार कर्ताको तर्फबाट उद्धव प्रसाद नराल, उत्कृष्ट बचत कर्ता दैनिक तर्फ राजकुमार सुनार, ब्यक्तिगत तर्फ लक्ष्मि भट्ट र जेष्ट नागरीक सम्मान पुरस्कारबाट ७२ वर्षकी चुवाकुमारी ढकाललाई सम्मानित गरेको छ ।

प्रतिक्रिया दिनुहोस