आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सदस्यले लिएको कर्जाको ब्याजमा १० प्रतिशत छुट

AuthorAP Khabar२०७६ चैत्र २६, बुधबार (३ साल अघि) २२९ पाठक संख्या

मनहर्वा,बारा
२६ चैत्र २०७६
जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थीत रहेको साना किसान कृषि सहकारी
संस्था लिमिटेड मनहर्वाले आफ्ना सदस्यले लिएको कर्जाको ब्याजमा १०
प्रतिशत छुट दिन सुरु गरेको छ ।
संस्थाले विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस ( कोभीड १९) रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनबाट
प्रभावित सदस्यहरुमा राहत स्वरुप ब्याजमा छुट दिन थालेको संस्थाले जनाएको
छ ।
नेपाल सरकारले वित्तिय कारोबार गर्ने निकायले आफ्ना सदस्यहरुले लिएको
कर्जामा १० ब्याज छुट दिन गरेको आग्रह अनुसार नै सहकारीले पनी
आफ्ना सदस्यहरुले लिएको कर्जाको ब्याजमा छुट दिन थालेको हो ।
बुधबार संस्था अध्यक्ष नयनकला खड्काले जारी गर्नु भएको सुचना अनुसार
२०७६ चैत्र महिनामा परेको साँवाको किस्ता २०७७ असार सम्मका लागि तिर्ने
अवधि बढाई दिने समेत जनाइको छ ।
यो निर्णयबाट संस्थाका २ हजार १७ जना सदस्य लाभांवित हुने अध्यक्ष
खड्काले जानकारी दिईन् । संस्थाले हाल ३८ करोड बराबरको कारोबार
गरिरहेको उनले बताईन् । लगानी असुलीका अलावा पनी संस्थाले कृषि
सामाग्री, विउविजन लगायतका कृषि सामाग्री विक्रि वितरण गर्नुका साथै करिब ३
विगाह क्षेत्रफलमा कृषि परियोजना संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस