आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलैया उपमहानगरपालिकाका प्रमुखको दाल कोल्डस्टोरमा बारा प्रशासनको छापा, ३८० बोरा दाल सिल बन्दी

AuthorAP Khabar२०७६ चैत्र २९, शनिबार (४ साल अघि) ७५८ पाठक संख्या

एपी खबर
कलैया : कलैया उप महानगरपालिकाका प्रमुख राजेश राय यादवको दाल कोल्डस्टोरमा बारा प्रशासनले छापामारी गरी ३८० बोरा दाल सिल बन्दी गरेको छ ।

गुणस्तरहीन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलको गुनासो आएपछि नमुना सङ्कलन गरी ३८० बोरा दाल शिलबन्दी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

संकलन गरिएको नमुना खाद्य प्रयोगशालामा पठाइने र सो नमुनाको रिपोर्ट आए पछि थप निर्णय गरिने उहाँको भनाइ छ ।
कोरोना महामारीका बेला गरिव, असाहाय, मजदुरकिसानका लागि राहतका रुपमा बाडेको दाल खान अयोग्य भएको भन्दै स्थानीय राजनीतिक दलले विरोध जनाएका थिए ।

५ वर्ष पुरानो पहिले बिक्री नभएको कुहिएको दाल नगरप्रमुख यादबले नगरपालिकाको रकमबाट भुक्तानी हुनेगरी कलैया उपमहानगरपालिका वडा नम्बर १, ७ र २०का स्थानीय गरिब असाय र मजदुरकालागि राहत वितरण गर्न लागेकोमा वडा नम्बर २० मा शुक्रबार नै स्थानीयको विरोधका कारण रोकिएको र वडा नम्बर ७ मा भने वितरण गरिएको थियो ।

गुणस्तरहीन चामल र दाल वितरण गरेर नगरप्रमुखले यादवले जनताको भावना सँग खेलवाड गरेको भन्दै आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई पटकपटक ध्यानाकर्षण गराएको नेकपाका नेता तथा बारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद साहले बताउनुभयो ।

प्रशासनले वडा अध्यक्ष र वडा सचिवलाई बोलाएर सोधपुछ गरेको थियो । प्रशासनले केहिबेर अगाडि गोदाममा छापा मारेर दाल सिलबन्दी गरेको छ र चामल ल्याईएको गोदामको समेत खोजी भैरहेको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस