आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको पोलि आदर्श प्लाष्टिक उद्योगमा भारतबाट चोरीलुकि काम गर्न आएको दुई जना क्यारेन्टाईनमा

AuthorAP Khabar२०७६ चैत्र ३०, आईतबार (४ साल अघि) ३४७ पाठक संख्या

एपी खबर
जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा रहेको पोलि आदर्श प्लाष्टिक उद्योगमा भारतबाट चोरीलुकि आएर काम गर्दै गरेको अवस्थामा प्रहरीले दुुई  जनालाई नियन्त्रणमा लिएको छ ।

चार दिन पहिले भारताबट चोरबाटो हुदैँ नेपाल आएकोदई ब्यक्तिले यस उद्योगमा काम गर्दै गरेको गुनासो बाहिर आएपछि यस वडाका वडा अध्यक्ष असलम देवानसहित ईलाका प्रहरी कार्यालय जीतपुरको टोलीले त्यहाँ अनुगमन गर्न पुगेको थियो ।

उद्योगमा पुगेको टोलीले भारतबाट काम गर्न आएको दुबैजनालाई जीतपुरसिमरा उपमहानगरपालिकाको क्वारेन्टाईनमा पठाएको छ भने ती ब्यक्तिहरुसंग सम्पर्कमा रहेका ब्यक्तिहरुलाई निगरानिमा राख्ने ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक सागर राणाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस