आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छपकैयास्थित मस्जिदको पूरा क्षेत्रलाई पूर्णरुपले सिल ,मस्जिदहरूमा अनुगमन सुरु

AuthorAP Khabar२०७६ चैत्र ३०, आईतबार (४ साल अघि) ९९० पाठक संख्या

दिपक चौरसिया पर्सा ३० । वीरगञ्जमा ३ जनामा कोरोना पुष्टि भएसँगै वीरगञ्ज महानगरपालिकामा सुरक्षा व्यवस्था कडा पारेको छ । त्यस्तै वीरगञ्जको छपकैयास्थित मस्जिदमा क्षेत्रलाई सिल गरिएको छ ।

छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड–१९ पोजिटिभ देखिएको थियो । उनीहरूको नारायणी क्षत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

कोरोना सङ्क्रमित भेटिएको छपकैयास्थित मस्जिदको पूरा क्षेत्रलाई पूर्णरुपले सिल गर्न प्रदेश नं. २ सरकारले समेत निर्देशन दिएको छ।
छपकैयालाई सिल गरेर अहिले सङ्क्रमितको सम्पर्कमा आएको व्यक्तिहरुको खोजि चलिरेहिको छ ।

प्रहरीले सङ्क्रमितहरुसँग उनीहरुको ट्राभल हिस्ट्रीको विवरण लिएर कन्ट्याक्ट ट्रेसिङ्ग गर्दै छ ।
कोरोनाको संक्रमित भेटिएसँगै विरगञ्ज महानगरपालिकमा सुरक्षा समितिको बैठक बसेको थियो ।
बैठकमा मस्जिद क्षेत्रलाई सिल गर्ने र जिल्लमा रहेको अन्य मस्जिदहरूमा कस्तो अनुगमन हुने भन्ने विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी एवम प्रवक्ता ललित कुमार बस्नेतले जानकारी दिए ।

त्यसैगरि श्रोतका अनुसार वीरगञ्जका अन्य कयौं स्थानमा पनि मुस्लिम धर्म प्रचारक तथा जमातीहरु लुकेर बसेको स्थानीयहरुले बताएका छन् । स्थानीय अनुसार वीरगञ्ज बिर्ता क्षेत्रमा रहेको दस तल्ले भवन र अशोक बाटिकामा रहेको एक पार्टी प्यालेस तथा होटलमा समेत केहि जामितहरु लुकेर बसेको जानकारी श्रोतबाट प्राप्त भएको छ ।

विशेष सूचनाको आधारमा पर्साको पर्टेवा सुगौली र जगरनाथपुर गाउँपालिकाको विभिन्न मस्जिदमा बसेका २६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै प्रहरीले छापा मारेको मस्जिदलाई प्रहरी निगरानी मै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस