आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलैया उपमहानगरपालिकाका मेयरकै संलग्नतामा कालोबाजारीको आशंका

AuthorAP Khabar२०७७ बैशाख २, मंगलबार (४ साल अघि) १००३ पाठक संख्या

कलैया : कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव तथा उनका आफ्न्तले वडा नं.७ को रंगपुरमा संचालन गरेको यादव आईस एण्ड कोल्ड स्टोरबाट विक्रि वितरण भएको गुणस्तरहिन भनिएको दालमा आफ्नो संलग्नता नभएको विरगजंका ब्यपारिले बताएका छन् ।

गुणस्तरहिन भनिएको रहरको दालमा आफुलाई जोडेर मेयर यादवले जारी गरेको विज्ञप्ती प्रति ध्यानाकर्षण भएको ती ब्यपारिले बताएका छन् । धनलक्ष्मी दाल मिलका संचालकले विज्ञप्ती नै निकालेर आपत्ती जनाए हुन् । गुणस्तरहिन दाल विक्रि वितरण भएको भन्ने सुचनाका आधारमा शनिबार बारा प्रहरीले मेयर यादवले संचालन गरेको कोल्ड स्टोरबाट ३८० बोरा दाल नियन्त्रण लिएर शिल गरेको थियो । मेयर यादवकै संलग्नता रहेको कोल्ड स्टोरबाट गुणस्तरहिन दाल नियन्त्रण गर्न पुगेको प्रहरी र समाचार संकलनमा पुगका पत्रकारलाई मेयर यादव र उनका आफ्न्तले दाल आफुले नभई धनलक्ष्मी दाल मिलका संचालकले विक्रि वितरण गरेको बताएका थिए ।

त्यती मात्रै नगरेर मेयर यादवले उपमहानगरपालिको लेटर प्याडमा गुणस्तरहिन दाल विक्रि वितरणमा आफ्नो संलग्नता नभएको, अनाहकमा आफुलाई बदनाम गर्न खोजिएको भन्दै विज्ञप्ती जारी गरेका थिए । मेयर यादवले आफ्नो विज्ञप्तीमा समेत दालको कारोबार धनलक्ष्मी दाल मिललेनै गरेको भनी उल्लेख गरेपछी दाल मिलका संचालकले आफुलाई बद्नाम गर्ने काम भएको भन्दै विज्ञप्ती मार्फत आपत्ती जनाएका हुन् । शनिबार साझँ केही घण्टाको फरकमा जारी विज्ञप्तीमा दुबैले आफ्नो संलग्नता नभएको उल्लेख गरेपनी दालको कारोबार भएको पाईएको हो ।

धनलक्ष्मी दाल मिलका संचालकले आफुले नियमित रुपमा कोल्डस्टोरलाई प्रति केजी ३५ पैसाको दरमा भाडा तिरेर २ बर्ष देखी दाल राखेको तर हालसम्म कँही कतै विक्रि वितरण नगरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । कोल्ड स्टोरबाट विक्री भएको गुणस्तरहिन दालसँग जोडेर आफ्नो चरित्र हत्या गरिएको भन्दै मिलले आपत्ती जनाईएको छ । दाल मिलले विज्ञप्ती मार्फत मिल संचालकको अनुमती बेगर स्टोर गरेको कुनैपनी सामाग्री विक्रि वितरण भएको पाईए कानुनी उपचारमा जाने समेत उल्लेख गरेका छन् ।

धनलक्ष्मी दाल मिलका संचालक तेजकरण जैनले फोन सम्पर्कका क्रममा समेत मेयरले आफुलाई फसाउन खोजेको आरोप लगाए । उनले प्रहरीले कोल्ड स्टोरमा छापा हानेसँगै मेयर यादवले फोन गरेर प्रशासनको फोन आए मैले बेचेको हो भन्नुस् है भनेको तर मैले प्रतिवाद गरें जैनले सुनाए ।

धनलक्ष्मी दाल मिलको विज्ञप्तीसँगै दाल मिलले नै प्रतिनीधि मार्फत दाल बेचेको भनेर पन्छीन खोजेका कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव तथा उनका आफन्तको कारोबारमा शंका गर्ने प्रसस्त ठाउँ उब्जीएको छ । मेयर र उनका आफन्तले कतै पद र शक्तिका आडमा कालोबजारी त गरिरहेका छैनन् । उपमहानगरका अधिकांश वडाले वितरण गरेको दाल , आलु मेयर र उनका आफन्तले नै कोल्ड स्टोरबाटै सप्लाई गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक वडा अध्यक्षले बताए ।

गुणस्तर हिन खाध्यान्न वितरण भएको गुनासोपछी विक्रेता सम्म पुगेको प्रहरीले शनिबार मेयर यादवको कोल्ड स्टारमा छापा हानेको थियो । उपमहानगरको वडा नंं.२० ले राहतमा बाँड्न लगेको दाल किरापरेको, कुहीएको, कमसल तथा गुणस्तरहिन भन्ने गुनासो आएपछी जिल्ला प्रशासनको निर्देशनमा छापामारेर प्रहरीले ३ सय ८० बोरा रहरको दाल नियन्त्रणमा लिई शिल समेत गरेको बारा प्रहरीले जानाएको छ ।

प्रहरीले कलैयाका मेयरको कोल्ड स्टोरमा छापामारी दाल नियन्त्रणमा लिएपछी मेयर यादव र उनका आफन्तले दाल आफुहरुले नभई विरगजंका ब्यपारि आफ्ना प्रतिनीधि मार्फत विक्रि गरेको बताएका थिए । कोल्ड स्टोरमा रहेका ताज महल ब्रान्डको अरवा दाल बिरगजं स्थीत धनलक्ष्मी दाल मिलका संचालक तेजकरण शर्माको भएको र उनैले बिक्री गरेको मेरयरका काकाका छोरा रविन्द्र प्रसाद यादवले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस