कोरोनाले के गर्दैछ, अनि हामीके ?

समाचार स्थानीय

कोरोनाले के गर्दैछ ?

संसार यति बेला कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट ग्रस्त छ । अत्यन्त सबल र प्रभावकारी स्वास्थ्य सेवा भएका शक्तिशाली राष्ट्रहरु समेत धरासायी हुँदै गएका छन् । दिनहु नयाँ संक्रमित फेला परिरहेका छन् । मृत्यु हुनेको संख्यापनि चुलिदैछ । अन्य देशहरुमा महामारी बढ्दै गर्दा भाईरसको उत्पती भएको मानिएको चीनमा भने यसको प्रभाव घटीरहेको छ । राष्ट्रका सबै संयन्त्र मिलेर काम ग¥यो भने मात्रै भाइरसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने स्पस्ट उदाहरण हो यो ।

नेपालको अवस्था के छ ?

यस्तो भयावह अवस्थामा नेपालको परिस्थिति भने दयनीय छ । कोरोना भाईरसको जाँचकालागि गुणस्तरीय प्रोगशालाहरुको अभाव छ । शंकास्पद व्यक्तिहरुको परिक्षण जुनस्तरमा हुनुपर्ने त्यो हुनसकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार बैशाख १ गतेसम्म ५ हजार ६ सय ९१ जनाको परीक्षण भएको छ । जस मध्ये १४ जना संक्रमित देखिएका छन । उनीहरु मध्ये १ जना उपचार पछि सञ्चो भएर घर गईसकेका छन् । यी मध्ये अधिकाशं संक्रमित बाहिरबाट आएका व्यक्ति हुन् ।

त्रिभुवन विमानस्थलबाट संक्रमित सहजै भित्रिएको तथ्यको आधारमा पनि समाजमा अदृश्यरुपमा कोरोना संक्रमितको ठुलै जमात भएको आशंका गर्न सकिन्छ । आवश्यक व्यक्तिगत सुरक्षा उपकरणको ( एएभ् ) को अभावमा स्वास्थ्यकर्मीहरु उच्च जोखिममा कार्य गर्न बाध्य छन् । निजि स्वास्थ्य संस्थाले स्थानीयस्तरमै गुणस्तरहिन पीपीइको व्यवस्था गरेका छन् । सरकारबाट उपलब्ध गराईएका सामाग्रीको गुणस्तरमापनि प्रश्न उठिरहेको छ । कमशल सामाग्री वा उपकरणहरुबाट संक्रमणको जोखिम उच्च रहन्छ । सबैले बुझ्नै पर्ने कुरा के हो भने स्वस्थ्यकर्मी संक्रमित भए उनीहरुको सम्पर्कमा आउने असंख्यव्यक्ती सजिलैसगं सक्रमित हुन्छन् ।

स्वास्थ्यकर्मीले यस्तो विषम परिस्थितिमा पनि पेशागत मर्यादा कायम गरि स्वस्थ्य सेवामा संलग्न भै धर्मनिर्वाह गरिरहेका छन् । यस्तो अवस्थामा सबै पक्षले स्वास्थ्यकर्मीको मनोबाल बढाउनुपर्ने हो । कतिपय सञ्चार माध्यममा स्वास्थ्यकर्मीको नियतमाथि प्रश्नचिन्ह खडा गर्ने खालका समाचार आईरहेका छन् । प्रमुख जिल्ला अधिकारीले जेलमा थुन्ने प्रयास गर्नेदेखि लिएर मुख्यमन्त्रीले लाइसेन्स खारेज गर्ने धम्की दिएर स्वास्थ्यकर्मीको मनोबाल कमजोर पारिरहेका छन् । अहिलेको समयमा मानिसको रक्षा गर्ने प्रमुख पात्रहरुले कमजोर मनोबलका साथ काम गर्नुपर्ने परिस्थिति निर्माण हुनु अत्यन्त घातक हुनसक्छ । चिकित्सक एवं स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने, डेरामा आउन नदिने जस्ता क्रियाकलाप निन्दनीय छ ।

सरकारले नागरिकको जीवनरक्षाका लागि लकडाउनको आव्हान गरेको छ । नागरिकले यसलाई सहर्ष स्वीकार गरेर पूर्ण रुपले पालना गर्नु पर्ने हो । तर लकडाउन फितलो देखिएको छ । कोरोना प्रभावित ठाउँहरुबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई लुकाउन खोज्नु, सामाजिक दुरी पालना नगर्नु, क्वारेनटाइनमा बस्न नमान्नु, आफ्नै घर, गाउँ जान जिद्दी गरिरहेको देखिन्छ । सर्वसारधणमा देखिएको अनुशासनहिनताले कोरोना संक्रमण तिव्र गतिमा पÞmैलिएर गम्भीर समस्या उत्पन्न हुनसक्छ । अहिलेको समयमा कृत्रिम अभावको सृजना गरेर कालोबजारीलाई प्रशय दिनु दण्डनीय अपराध हो ।

सरकारी कदमपनि जिम्मेवार र जवाफदेही देखिदैन् । अत्यावश्यक स्वास्थ्य सामग्रीको खरिद तथा उपलब्धतामा भ्रष्टाचारको गन्ध आईरहेको छ । यस्ता घटनाले सरकारप्रतिको विश्वासनियतामा कमी आउँछ । संकटको बेला अनुशासनहिनता तथा गैरजिम्मेवारीपनले स्थितिलाई नियन्त्रण रेखाभन्दा बाहिर लैजान सक्नेखतरा छ ।

अब के गर्नेत ?
● केन्द्र, प्रदेश तथा स्थानिय सरकारले सरोकारवाला (स्वास्थ्यक्षेत्र, सुरक्षानिकाय, सरकारी तथा गैरसरकारी कर्मचारी, उद्योगी व्यापारी एवं नागरिकसमाज) संग गहन छलफल गरि प्रभावकारी नीतिनिर्देशन बनाई अविलम्ब कार्यन्वयन गर्नुपर्छ ।

●दुरदृष्टी र सबल कार्यनीतिको परिचय दिँदै पुर्वनिर्धारित अस्पतालहरुमा उपलब्ध सिमित स्रोतसाधनलाई केन्द्रित गरि कोरोना शंकागरिएका बिरामीलाई एउटाबाट अर्को अस्पताल धाउनुपर्ने समस्याबाट मुक्ति दिनुपर्छ । बिरामी भौतारिनु जस्ता अन्यौलले यो संक्रमणबाट साधारण आत्मरक्षा उपकरण पीपीईबाट समेत बञ्चित स्वास्थ्यकर्मीको एउटा ठूलो समूह जोखिममा छ । तसर्थ पुर्वनिर्धारित अस्पतालमा स्वास्थ्यकर्मीका लागि सुरक्षित वातावरण एवं बिरामीका लागि परिक्षण तथा उपचारको उपलब्धता सुनिश्चित गरिनुपर्छ । अर्थात कोरोना भाईरसको परिक्षण गर्ने किट र उपकरण जस्तै पि.सि.आरमेशिन, भेन्टिलेटर इत्यादि उपलब्ध गराई छिटो भन्दा छिटो सेवा प्रभावकारी बनाउनु जरुरीछ । अनलाईन मार्फत देशविदेशका अनुभवी चिकित्सकबाट तालिमको व्यवस्था मिलाउनुपर्छ ।

● बाँकी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संयन्त्र कोरोना संक्रमित बाहेकका बिरामीको उपचारमा खटाउन सकिन्छ । त्यस्ता अस्पतालमा समेत आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराई कोरोनासंकटका लागि तयारी अवस्थामा राख्नसकिन्छ ।

● चीन लगायत कतिपय मुलुकको अनुभवले ‘लकडाउन’ कोरोना संक्रमण फैलन नदिने उत्तम उपाय भएकोले यसको शतप्रतिशत कार्यान्वयन गराउनुपर्दछ । अत्यावश्यक कार्य बाहेक घरबाहिर निस्कनेलाई कानुनीकारबाही गर्नैपर्छ । सकिन्छ भने राज्यले नै त्यस्ता सामाग्री नागरिकको घरघरमा सुरक्षित हिसाबले पु¥याईदिनुपर्छ ।

● सुविधासप्पन्न क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्था समय रहँदै चुस्तदुरुस्त पारिनुपर्दछ ।

● सुरक्षानिकायलाई पनि सुरक्षित वातावरण तथा अन्य सेवासुविधाहरु उपलब्ध गराउनुपर्छ । लक्डाउन तथा अन्तराष्ट्रिय सिमाक्षेत्र विशेष गरि भारतसित जोडिएका ठाउँलाई अझसशक्त रुपमा नियन्त्रणमा राख्नुपर्छ ।

● कालोबजारीले गर्दा माहमारीको समयमा उत्पन्न हुनसक्ने आभावलाई न्यूनीकरण गर्न स्थानिय प्रशासन तथा नागरिक समाज सचेत रहनुपर्छ ।

● स्थानीय नेता तथा नागरिक सामाजका अगुवाले समस्यामा परेका नागरिकलाई सेवासुविधाहरू जस्तै खाना, पानी, औषधि उपचारका लागि प्याकेजिङ।्, ढुंवानी तथा वितरणका लागि पहल गरिनुपर्छ ।

● उच्चजोखिममा रहेका व्यक्तीहरु जस्तै वृद्धवृद्धा, मुटु, किडनी, फोक्सोका रोगी, उच्चरक्त चाप, मधुमेहबाट ग्रस्तहरुको नियमित औषधिको व्यवस्था गरिनुपर्छ । यस्ता व्यक्तिसँग सामाजिक दुरी कायम गरिनु अत्यावश्यक छ ।

● मानसिक त्रास, डर, चिन्ता उच्च रहनेहुँदा आपसमा कुराकानी गरेर तनाव कम गर्नसकिन्छ । यसका लागि फोन, फेसबुक, ईमो, भाईबर, ह्वाट्सएपजस्ता समाजिक सञ्जालको सदुपयोग गर्न सकिन्छ । आवश्यक पर्दा घरबाटै सरकारले उपल्ब्ध गराएको १११५ तथा विभिन्न स्वास्थ्यसंस्थाहरु मार्फत उप्लब्ध गराईएको फोन नम्बरहरुमा सम्पर्क गरि विशेषज्ञसङ्ग परामर्श लिन सकिन्छ ।

●विभिन्न अनलाईन मिडिया, पत्रपत्रिकादेखि समाजिक संजालमा अनेक अफवाहहरु लेख्ने र फैलाउने कार्य भईरहेको छ । सरकार र सम्बन्धित निकायले यसरी भ्रम छर्नेलाई कारबाही गरिरहेको छ । सञ्चारमाध्यमले कोरोना भाईरस सम्बन्धी जानकारी दिँदा आधिकारिक स्रोतहरुलाई मात्र उल्लेख गरिनुपर्छ ।

●स्वास्थकर्मी तथा सुरक्षानिका यजस्ता अग्रपंक्ति तथा जोखिम पूर्ण अवस्थामा रहेर सेवा प्रादान गरिरहेकाको मनोबल उच्च राख्न चाहिने सामाजिक सद्भाव, सुरक्षित वातावरण तथा सेवासुविधा प्रदान गर्नु हामीसबैको नैतिक जिम्मेवारी हो ।

विश्व स्वास्थ्यसंगठनले कोरोना महामारीबाट जबसम्म हामी सबै सुरक्षित हुँदैनौ, तब सम्म कोहि सुरक्षित रहँदैनन ’’ भनेर भनेको छ । तसर्थ अहिलेको प्रमुख आवश्यकता राष्ट्रका सम्पूर्ण संयन्त्रहरु एकजुट हुनु हो । अविश्वास तथा अनुशासनहिनता त्याग्नु पर्छ । कोरोनाभाईरस संक्रमणको माहामारी बिरुद्ध एक ढिक्का भएर लाग्नुको बिकल्प छैन् ।

नेशनल मेडिकलकलेज वीरगञ्जमा कार्यरत  डा. असरफ हुसैन, बरिस्ठ फिजिसियन 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *