आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतले फेरी तीन साता लम्ब्यायो लकडाउन

AuthorAP Khabar२०७७ बैशाख २, मंगलबार (४ साल अघि) ११६९ पाठक संख्या

बैशाख ०२ नयाँदिल्ली : भारत सरकारले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ ।

आज (मंगलबार) देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको जानकारी दिएका हुन् ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन भोलि बुधबार (३ गते) सकिँदै छ ।

साथै प्रधान्त्री मोदीले ३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने बताएका छन् ।

भारतमा हालसम्म १० हजार ४ सय ५३ जनामा कोरोना संक्रमणदेखिएको छ भने ३ सय ५८ जनाको मृत्यु भइसकेको छ । साथै एक हजार १ सय ९३ जना निको भएर घर फर्कि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस