आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारी मूल मंत्र “घोसनाय नमः”

AuthorAP Khabar२०७७ बैशाख २, मंगलबार (४ साल अघि) २१४४ पाठक संख्या

डा. असरफ हुसैन
समस्त मनाव समाज कोरोनारुपी महामारीले गर्दा त्रसित रहेको परिवेसमा हाम्रो रजाई र दृश्यावलोकनको समय सकिएको संकेत लगातर बढ्दै गरेका बिरामी संख्याले देखाईरहेको छ । कोरोना समस्यासंग द्वन्द गर्नका लागि पर्याप्त समय हुँदा पनि त्यसको सदुपयोग गर्न हामीले नसकेको कुरा इतिहासले याद राख्ला ।

कथंकदाचित यदि यसले अमेरिका, इटाली जस्तो रुप लियो भने इतिहासको कालखण्डमा हामि शिर निहुर्याएर उभिन विवस हुनेछौ। नेपाल एउटा परिवारको रुपमा असफल हुनेछ र यसको जिम्मेवारी अभिभावकका रुपमा सरकारले लिनु पर्ने हुन्छ । अहिले को समय अत्यन्त संवेदनशील र असाधारण समय छ । यस्तो असाधारण समयमा असाधारण नीतिनिर्देशन र कार्यनवयनको खाचो छ । देशलाई सबल नेतृत्व तथा स्पस्ट नीति आवस्यक रहेको यस नाजुक समयमा आश्चर्यचकित तवरले सरकार आफै अन्यौलमा छ ।

मुलतः केन्द्र, राज्य तथा स्थानीय सरकार गरि तिनवटै तहमा ब्याप्त अन्यौल र गैरजिम्मेवारपनले गर्दा कोरोना बिरुद्धको हाम्रो तयारी फितलो छ । बैज्ञानिक र बैधानिक कार्यविभाजन तथा तालमेलको कमिले राष्ट्रलाई खतराको गम्भीर भुमरीमा फसाउदै छ ।

स्थानीय निकायसंग विचार बिमर्श गरि राज्य सरकारले केन्द्रलाई उपलब्ध गराएको सुझावहरु लाई मध्यनजर राखेर केन्द्रिय सरकारले नीतिनियमको निर्माण गर्नुपर्छ । नीति नियमको निर्माण गर्दा सरोकार वाला बिज्ञको सुझाव अत्यन्त महत्वपुर्ण हुन् । यसरि केन्द्रले बनाएको नीति नियमलाई राज्यले स्थानीय निकायको मध्यमले कर्यनवयनमा ल्याउनु पर्छ । तर अफसोच यथार्थमा यस्तो छैन । बैज्ञानिक र सरोकारवालाहरुको न्यून सम्लङ्ग्नतामा बनेका कार्यसमितिले पारित गरेका निर्णयहरु अन्धोले हातीको बर्णन गरे जस्तो केन्द्र, राज्य तथा स्थानीय सरकारहरु मपाईको लहडमा कार्यानवयन गर्ने हास्यास्पद तथा दुर्भाग्यपुर्ण प्रयास गर्दै छन् ।

कोरोना बिरुद्धको यो लडाईमा हामी नेत्रित्वहिन भएका छौ । आ–आफ्नो राजनैतिक स्वार्थ पूर्तिका लागि सबै सरकारि तहले अहिले घोसनै घोषणाको आडम्बरमा लिप्त छन् । आ–आफ्नो वर्चस्व देखाउने प्रयास स्वरुप एक पछि अर्को घोसना गर्दै र भ्रस्टाचारका नयाँ नयाँ किर्तिमान कायम गर्दै सरकारले आम जनमानस माझ आफ्नो बिश्वसनियतालाई धेरै कम्जोर बनाई सकेको छ ।

घोसनाहरुको सुची अथाह छन् तर कर्यनावयन शुन्य पर्याय । कारण पुरानै हुन्, आपसमा रहेका अन्तरद्वन्द, अविश्वास र बालहठ । देशमा श्रोत साधनको अभाव छन् तर सहि व्यस्थापन हुने हो भने अहिलेको समस्यासंग ससक्त तरिकाले लड्न सकिन्छ । सबै तहका सरकारको बिचमा यदि अहिले पनि समन्वय हुने हो र बिज्ञहरुको सलाह सुझाव अनुसार नीति निर्देशन निर्माण गरि बैवाहरिकतामा उतार्ने हो भने त्यो यस समयका लागि संजीवनी हुन सक्छ ।

अहिल को सबै भन्दा महत्वपुर्ण आवस्यकता भनेको उपलब्ध श्रोत साधनको सदुपयोग हो । कोरोना परिक्षणको अभावमा कोरोना बिरुद्धका सबै संयन्त्र प्रभावहीन हुन्छन तसर्थ कोरोनाको परिक्षण गर्ने किट र उपकरण जस्तै पि.सि. आर. मेसिनको उपलब्धता बढाउन सबैको ध्यान केन्द्रित हुन पर्छ । पुर्व निर्धारित अस्पतालहरुमा स्वास्थ्यकर्मीका लागि सुरक्षित वातावरण एवम बिरामीका उपचारका लागी चाहीने उपकरण उपलब्ध गराइ बाँकि रहेका अन्य स्वास्थ्यकर्मी तथा स्वास्थ्य सयन्त्र कोरोना संक्रमित बाहेकका बिरामीका लागि तयारि अवस्थामा राख्न सकिन्छ ।

यसका साथै ति असपतालमा समेत आवस्यक स्वास्थ्य सामग्री उपलब्ध गराई कोरोना संकटका लागि तयारी अवस्थामा राख्न सकिन्छ । सुविधा सप्पन्न क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्था समय रहदै चुस्त दुरुस्त पारिनु पर्दछ । सुरक्षा निकायलाई सुरक्षित वातावरण तथा अन्य सेवा सुविधाहरु उपलब्ध गराइ लक्डाउनलाई तथा अन्तरास्ट्रिय सिमा क्षेत्र विशेस गरि भारतसित जोडिएको क्षेत्रलाई अझ सशक्त रुपमा नियन्त्रणमा राख्नु ठुलो जिम्मेवारी हो ।
सरकारले स्थानीय नेता तथा नागरिक सामाजका अगुवासंग समन्वय गरि समस्यामा रहेका आम नागरिकलाई सेवा सुविधाहरू जस्तै खाना, पानी, औषधि उपचारका लागि प्याकेजिङ ढुंवानी तथा वितरणका साथै कालोबजारी नियंत्रण लागि पहल गर्नुपर्छ । यस्ता माहमारिका बेला उच्च जोखिममा रहेका व्यक्तीहरु जस्तै वृद्ध, वृद्धा, मुटु, किडनी, फोक्सोका रोगी, उच्च रक्तचाप, मधुमेहबाट ग्रस्तहरुको नियमित औषधिको व्यवस्था गरिनु पर्छ ।

जे जति कुरा र छलफल भए पनि सरकारको स्तरबाट नेतृत्व प्रदान नभए सम्म कोरोना बिरुद्धको लडाई दिशाहीन र प्रभावहीन रहने छ । ‘जागो मोहन प्यारे अब तो जागो’ भन्ने हिन्दी वाक्य घोर निन्द्रामा लिप्त हाम्रो सरकारका लागि उपयुक्त छ । “घोसनाय नमः” को मूल मंत्रलाई त्याग्दै निन्द्राबाट बाहिर आइ अहिलेको समय सापेक्ष कदम नचाल्ने हो भने कोरोनाले देशमा अपुरणीय क्षती निम्त्याउने देखिन्छ । यस्तो यस्तो अवस्था आयो भने इतिहासले यस सरकारलाई जहिले पनि कलिगुला, सुल्तान इब्राहिम र निरो जस्ता तिरस्कृत शाशक र शासन प्रणालीको सुचीमा लामबद्ध राख्ने छ । चेताना भया।

प्रतिक्रिया दिनुहोस