आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लकडाउन वैशाख १५ गतेसम्म थपियो

AuthorAP Khabar२०७७ बैशाख २, मंगलबार (४ साल अघि) ९०८ पाठक संख्या

बैशाख ०२ काठमाडौं : सरकारले कोरोनाभाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो । त्यस्तै वैशाख १८ सम्म सिमानाकाहरू बन्द रहनेछन् ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि सरकारले ११ चैतदेखि लकडाउन गरेको थियो ।

मंगलबार थप २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको छ ।

अहिलेसम्म कैलालीमा छ, बागलुङमा दुई र काठमाडौँमा चार तथा रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् ।

अहिलेसम्म ५ हजार ६ सय ९३ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। १०३ आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस