आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा फसेका भारतीय तिर्थ यात्रीहरुमा मौलाना मशहूद खां नेपालीद्वारा राहत वितरण

AuthorAP Khabar२०७७ बैशाख २, मंगलबार (४ साल अघि) ४३४ पाठक संख्या

अजय मिश्र।कृष्णनगर

बैशाख  : कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेका भारतीय तिर्थ यात्रीहरु मा मंगलवारका दिन राहत सामग्री वितरण गरियो। कोराना भाइरस विश्व भरमा महामारीको रुपमा फैलिएका कारणले नेपाल भारत लगायत अन्य देशहरुमा पनि लाकडाउन रहेको अवस्था छ।

नेपाल भारतको सम्बन्ध रोटी बेटीको र मित्र राष्ट्र भारत उत्तर प्रदेश बलरामपुर जिल्लामा घर भएका ३६ जना तिर्थ यात्रीहरु नेपालको त्रिवेणी धाममा तिर्थ यात्रामा आएका थिए यात्रा पूरा गरि आफ्नो देशमा फर्कने क्रममा कोरोना भाइरसको त्रासको कारणले नेपाल भारत दुबै देशमा लाकडाउन भइ सीमा नाकाहरु समेत सिल भएको कारणले तिर्थ यात्रीहरु कपिलवस्तुको कृष्णनगर नगरपालिका को वडा नं१ सेमरा मा दुइ हप्ता देखि फसेका छन।

उक्त बिषयको जानकारी प्रदेश नं.५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पाउन साथ आफ्नो सहयोगी राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी,हेरा शैक्षिक तथा मानवीय सेवा समाज का महासचिव शैख जैस मक्की, सम्बन्धित वडा अध्यक्ष टुंग नाथ चौधरी र पत्रकार हरुको साथ तिर्थ यात्रीहरु रहेका स्थलमा पुगी चामल ७० किलो, २५किलो दाल, २५किलो पिठो, २५किलो आलू, खाने तेल, नून लगायतका समाग्री हरु दिदै प्रदेश नं.५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले भनेकि आफूहरु जाति धर्म हेरेर होइन वास्तविक पिडीतको आधारमा राहत दिदै आएका छौँ।

भारतीय तिर्थ यात्री नेपालमा फसेको हेर्दा आफू लाई निकै दुख लागेको र दुई देश बिच मित्रता समेत कायम रहेको ले हाम्रो कर्तव्य उहाहरु लाई सक्दो सहयोग गर्ने समेत रहेको छ। गरिब असहाय लाई राहत दिनु मानवीय कार्य रहेको र आफू हरु सधै सके सम्म गरिब असहाय र समस्यामा परेका लाई सहयोग गर्ने राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले बताउनु भयो ।

प्रदेश नं.५ मदरसा बोर्ड को आयोजना र हेरा शैक्षिक तथा मानवीय सेवा समाज को सहयोगमा वितरण गरियो।

प्रतिक्रिया दिनुहोस