आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ऐश्वर्याको बचाउमा अमिताभ बच्चनले दिए यस्तो जवाफ

AuthorAP Khabar२०७७ बैशाख ३, बुधबार (३ साल अघि) ९९० पाठक संख्या

बैशाख ०३ एजेन्सी : बलिउडका कलाकारहरु ट्रोल हुनु कुनै नौलो कुरा होइन । केही स्टारहरु त्यसको मुखभरी जवाफ दिन्छन् भने कोही त्यस्तो झमेलामा पर्दैनन् ।

बलिउडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा सबैभन्दा बढी सकृय रहने सेलिब्रिटीमध्ये एक हुन् । हालसालै उनले बैशाखीको अवसरमा मानिसहरुलाई शुभकामना दिएका थिए ।

उनले फिल्म सुहागको गीत तेरी रब ने बना दी जोडी को तस्बिर आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका थिए । उक्त पोस्टमा एक युजरले ‘ऐश्वर्या कहाँ छिन् रे बुढा’ भनेर कमेन्ट गरेका थिए ।

अमिताभ धेरैजसो यस्तो जवाफ दिनमा बच्ने गर्दछन् तर उनले यसमा जवाफ दिन उचित ठाने । उनले लेखे, ‘तिनी त्यहाँ छिन् जहाँ तिमी कहिल्यै पुग्न सक्दैनौ ।’अमिताभको रिप्लाई देखेर ट्रोलरको हालत खराब हुन पुग्यो ।

उसले रिप्लाई गर्यो, हजुर त नराम्रो मान्नु भयो सर, हजुरको फ्यान (म) सँग यति धेरै रिसाउनु पनि हुँदैन ।

प्रतिक्रिया दिनुहोस