आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुरुषले प्रजनन क्षमता बढाउन खाली पेटमा खानुपर्छ लसुन

AuthorAP Khabar२०७७ बैशाख ४, बिहिबार (४ साल अघि) ९९२ पाठक संख्या

बैशाख ०४ एजेन्सी : दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।

साथै, लसुनमा पाइने सेलिनियमले पुरुषको प्रजनन क्षमतालाई विकास गर्दछ । यो एन्टीब्याक्टेरिल गुणले पनि भरिपूर्ण हुन्छ जसले सास र मुखको दुर्गन्ध हटाउन सहयोग गर्दछ ।

राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्रध्यापक डा. अरुण दधिचले लसुनका विभिन्न फाइदाबारे यहाँ जानकारी दिएका छन् ।

लसुनमा पाइने प्रोटिनले शरिरिक सुगठनमा सहयोग पुर्याउँछ । यसमा कार्बोहाइड्रेट पाइन्छ जसले शरिरबाट कमजोरी हटाउँछ । यसले शरिरलाई ऊर्जावान् राख्नसमेत सहयोग पुर्याउँछ ।

यसमा पाइने क्याल्सियमले हड्डी बलियो बनाउँछ । यसमा पाइने एलिसिनले ‘फ्याट बर्निङ’ प्रोसेस तीब्र राख्छ ।

यसले तौल नियन्त्रणमा राख्छ । लसुनमा पाइने फाइबरले कब्जियत र पेटको समस्यालाई टाढै राख्न मद्दत गर्छ ।

यसलाई बुँदागत रुपमा बुझौंः

लसुनमा सेलेनियम हुन्छ । यसले पुरुषको प्रजनन क्षमतामा विकास गर्छ ।

यसमा एन्टिब्याक्टेरियल तत्व पाइन्छ । यसले सास र मुखको दुर्गन्ध हटाउँछ ।

लसुनमा प्रोटिन पाइन्छ । यसले शारिरिक सुगठनमा सहयोग पुर्याउँछ ।

यसमा कार्बोहाइड्रेट हुन्छ । यसले कमजोरी हटाउँछ र शरिरलाई ऊर्जावानु राख्न सहयोग पुर्याउँछ ।

लसुनमा क्याल्सियम पाइन्छ जसले हड्डी बलियो बनाउन बनाउँछ ।

यसमा पाइने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीब्र बनाउँछ जसका कारण तौल नियन्त्रणमा रहन्छ ।

यसमा फाइबर्स हुन्छ जसले कब्जियतलगायत पेटको समस्यालाई टाढा राख्छ ।

प्रतिक्रिया दिनुहोस