आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जब कुख्यात अन्डरवल्र्ड डन दाउदले समेत धम्क्याउन सकेनन् ज्याकी श्रफलाई

AuthorAP Khabar२०७७ बैशाख ४, बिहिबार (४ साल अघि) ४१३ पाठक संख्या

बैशाख ०४ एजेन्सी : बलिउडका स्टार ज्याकी श्रफ मुम्बईको मालाबार हिलमा हुर्किएका हुन् । उनको बाल्यकाल गरिबीमा गुज्रिएको थियो । जुन बेला ज्याकी त्यहाँ रहेका थिए, सबैले उनलाई दादा भनेर बोलाउँथे ।

किनभने ज्याकी फाइटमा गुरु थिए । यही कारणले ज्याकी श्रफलाई आजपनि जग्गु दादा भनेर बोलाउने गरिन्छ । आम सर्वसाधारणभन्दा बाहिर अन्डरवल्र्ड डन दाउद इब्राहिमले पनि ज्याकीलाई आफ्नो ठूलो दाजु मान्दछन् । यो कुरा त्यस समयको हो जब बलिउडमा अन्डरवल्र्ड डनको कब्जा थियो । कुनै फिल्ममा बाधा, अथवा केही झन्झट परेमा फिल्म निर्माताले अल्डरवल्र्ड डनसँग सम्पर्क गर्थे ।

जसका लागि निर्माताले अन्डरवल्र्डलाई मोटो रकम पनि दिन्थे । त्यसैबेला असरानीको निर्देशनमा फिल्म बन्दै थियो जसमा मुख्य कलाकार ज्याकी श्रफ थिए । उनको अभिनेत्रीको रुपमा थिइन् दिव्या भारती । ज्याकी श्रफ त्यसबेला निकै व्यस्त थिए । सबै दृश्यहरु छायांकन भइसकेको थियो तर ज्याकीको थुप्रै दृश्य छायांकन गर्न बाँकी थियो ।

यस्तोमा फिल्म रिलिज हुन निकै ढिला हुने भयो । जसमा निर्मातालाई घाटा पुग्ने देखियो । निर्माताले ज्याकीलाई सम्झाउने प्रयास गरे । यता ज्याकीले फिल्मका लागि समय दिन नसक्ने बताए । किनभने उनी अन्य फिल्ममा पनि काम गर्दै थिए । त्यसपछि फिल्मका निर्माताले अन्डरवल्र्ड डन दाउदलाई यो सबै घटनाबारे जानकारी गराए ।

फिल्मका अभिनेताले हामीलाई समय दिन सकेको छैन भन्दै निर्माताले दुखेसो पोखे । त्यसपछि दाउदले फिल्मको अभिनेता को हुन् जसलाई मैले धम्की दिनुपर्यो भनेर सोधे । तब दाउदले अभिनेताको नाम सुन्ने बित्तिकै यो कुरा आफूबाट हुन नसक्ने बताए । मैले जग्गु दादा ९ज्याकी श्रफ०लाई सानैदेखि चिनेको छु । म जग्गु दादालाई धम्काउन सक्दिन, तिमीहरुले जतिसुकै पैसा दिएपनि म धम्काउन सक्दिनँ भनेर दाउद पछि हटे । यसपछि निर्माताहरुलाई पनि ज्याकीको पावर थाहा भयो, अनि उनीहरु पनि चुप लागेर बस्न बाध्य भए ।

प्रतिक्रिया दिनुहोस