आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा प्रहरी कार्यालयका प्रहरीले दुवर्यवहार गरेका कारण पर्साका सबै औषधि पसल बन्द

AuthorAP Khabar२०७७ बैशाख ६, शनिबार (४ साल अघि) ४८१ पाठक संख्या

दिपक चौरसिय÷
पर्सा ६ बैशाख,
नेपाल औषधि व्यवसायी संघ पर्साका अध्यक्ष ताजुदिन अन्सारीलाई वडा प्रहरी कार्यालय बिर्ताका टोलीले दुर्व्यवहार गरेको भन्दै पर्सा, बाराका सम्पूर्ण औषधि पसलहरु बन्द गरिएको छ ।

प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा औषधि व्यापारी र पसलेहरुले वीरगंजका सबै औषधि पसलहरु शनिबार दिउँसो करिब २ बजेदेखि बन्द गरेको हो ।
लकडाउनमा सरकार र स्थानीय प्रशासनले औषधि पसलहरु २४ सै घण्टा खुल्ला राख्न निर्देशन नै दिए पनि उनीहरुले पसल नै बन्द गरेका छन् ।

शनिबार दिउँसो माइस्थानचोकमा नेपाल औषधि व्यवसायी संघ पर्साका अध्यक्ष ताजुदिन अन्सारी संग दुव्यवहार गर्दै मोटरसाइकल प्रहरीले खोसेपछि त्यसैको विरोधमा पसले र व्यपारीहरुले औषधि पसलहरु बन्द गरेका हुन् ।

घरको सरसामान किनमेल गरेर पसल खोल्न जाने क्रममा माइस्थान चोकमा प्रहरीले आफनो मोटरसाइकल खोसेर नियन्त्रणमा लिएको अध्यक्ष अन्सारीले बताए ।

प्रहरीले लकडाउनको समयमा सर्वसाधारण र औषधि पसलेहरु सँग समन्वय गरेर अगाडि बढनुको साटो प्रहरीले दुव्र्यवहार गरेकोले बारा, पर्साका सबै औषधि पसलहरु बन्द गरिएको बताए ।

बिहान ११ बजेदेखि किसान पसलहरु खुलेपछि घरको सामान किनेर पसल खोल्न जाँदै थिएँ , उनले भने ,’तर प्रहरीले रोकेर मोटरसाइकल नियन्त्रणमा लियो , संघको परिचयपत्र देखाउँदा पनि मानेन ।

औषधि व्यवसायी संघको परिचयपत्र देखाउँदा पनि प्रहरीले ठाँउ ठाउँमा रोकेर दुर्व्यवहार गर्दै पसल खोल्न जान नदिएपछि त्यसैको विरोधमा सबै औषधि पसलहरु बन्द गरिएको संघका नारायणी अन्चल शाखाका महासचिव पप्पु झाले बताए ।
सो बारे वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु संग सम्पर्क गर्दा मलाई यो बारे केही जानकारी छैन, एसपी साहेब संग सम्पर्क गर्नु भन्दै पन्छिए ।

प्रनी पनेरुकै नेतृत्वमा रहेको प्रहरीले दुव्र्यवहार गरे पनि घटनालाई दबाउन र आफु चोखो रहेको दाबी गर्न पछि हटैका छैनन् ।
संघका महासचिव झाका अनुसार सवारी पासका लागि लकडाउन शुरु भएकै दिन चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा जादा प्रहरी उपरिक्षक गंगा पन्तले संघकै परिचयपत्रलाई पासको रुपमा मान्यता दिने बताएकी थिइन् ।

तर शनिबारदेखि भने प्रहरीले सवारी पास खोजेर बाटोमा अवरोध गर्दै दुर्व्यवहार पनि गर्न थालेकाले पसलहरु बन्द गरिएको झाले बताए । नेपाल औषधि व्यवसायी संघका अनुसार वीरगंजमा खुद्रा र थोकका गरि २ सय २९ औषधि पसल छन् ।

प्रतिक्रिया दिनुहोस